कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

परिबर्तन न्युज
८ जेष्ठ २०८१ बजे
परिबर्तन न्युज
८ जेष्ठ २०८१

जेठ ८,काठमाडौं

कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया लाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टिम कान्तिपुरको कार्यालय थापाथली गएको को छ ।

Advertisement:Ad
Advertisement:Ad

नेपाल पत्रकार महासंघका अध्यक्ष सहितका पदाधिकारी, मिडिया सोसाइटी अध्यक्ष सहितको टोली कान्तिपुरको कार्यालय थापाथलीमा रहेको र सबैको सल्लाह अनुसार सिरोहियाले सो बिषयमा  न्युज रुपमा आफ्नो कुरा राखेपछि गिरफ्तारी दिने बताएको बुझिएको छ।

सिरोहिया विरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा कैलाश सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै किटानी जाहेरी गरि नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरि जिल्ला अदालत, धनुषामा जाहेरी गरेकाले आज जेठ ८ मंगलबार अनुसन्धानका लागि कैलाश सिरोहिया लाइ पक्राउ गर्ने अनुमति दिएको थियो ।

Advertisement:Ad
Advertisement:Ad

गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम बिभिन्न बहानामा करोडौ हिनामिना पारेको विषयमा निरन्तर रिपोर्टिङ गरेकोले  आफुलाइ प्रतिशोधपूर्ण व्यवहार गरेको बताउनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज