पोखरा १९ लामाचौरले जेष्ठ नागरिकलाइ तिनदिने सचेतना मूलक कार्यक्रम गर्दै

पोखरा १९ लामाचौरले जेष्ठ नागरिकलाइ तिनदिने सचेतना मूलक कार्यक्रम गर्दै

परिबर्तन न्युज
३१ जेष्ठ २०८१ बजे
परिबर्तन न्युज
३१ जेष्ठ २०८१

जेठ ३० , पोखरा

पोखरा महानगरपालिका वडा नं १९ द्वारा आयोजित जेष्ठ नागरिक सचेतना अभिवृद्धि गर्ने बारेमा तीन दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।

Advertisement:Ad

पोखरा महानगर पालिका वडा नं १९ द्वारा आयोजित कार्यक्रमको अध्यक्षता जेष्ठ नागरिक सरोकार समाज नेपाल कास्की पोखरा १९ का अध्यक्ष राधा गौतमले गर्नुभएको  कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, विशेष अतिथिमा जनप्रतिनिधि फोकल पर्सन कल्पना सुनार हुनुहुन्थ्यो। कार्यक्रमलाई भव्य र सभ्य रूपले सफल बनाउन आउनुभएका प्रशिक्षक एवम अधिवक्ता प्रीति पाण्डेले प्रशिक्षण सहित कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रमुख अतिथि पुष्पेन्द्र पाण्डेले नागरिकहरूको कार्यक्रमलाई ब्यानरमा हस्ताक्षर गरेर उद्घाटन गर्दै यस वडाबाट यस वडाभित्र बसोबास गर्दै आउनुभएका आदरणीय बुवाआमाहरूलाई वडाको तर्फबाट धेरै सम्मान गर्नुपर्ने भएपनि आर्थिक अभाव हुँदाहुँदै पनि हामीहरूले जेष्ठ नागरिकहरूको आत्मसम्मानसँग जोडिएका केही महत्वपूर्ण कुराहरु बुझाउनुपर्ने देखिएको ,केही व्यवहारिक कुराहरु सिकाउनुपर्ने , स्वास्थ्य सम्बन्धी जानकारी दिनैपर्ने भएको हुनाले र जीवनमा आइपर्ने कानुनी कानुनी जटिलता र स्वास्थ्यमा देखिएका विविध कुराहरुलाई सम्बोधन गर्दै कानुनी पक्ष मनोसामाजिक पक्ष र स्वास्थ्य को पक्ष लाई ध्यान दिँदै तीन दिने कार्यक्रम राखिएको हुनाले सबै बुवाआमाहरुले सक्रियतापूर्वक भाग लिएर आफूले नजानेका नबुझेका र मनमा लागेका कुराहरू सोधेर जानकार हुनुहुनेछ भन्ने अनुरोध गर्नुभएको थियो।

त्यस्तैगरी कार्यक्रमको फोकल पर्सन एवम जनप्रतिनिधि कल्पना सुनारले वडाबाट आदरणीय बुवाआमाहरूको पक्षमा धेरै कामहरू गर्नुपर्ने मन हुँदाहुँदै पनि गर्न नसकिएको यो परिवेशमा जति सकेका छौं त्यो गरेका छौं भन्दै आगामी दिनहरुमा बुवाआमाको पक्षमा अझै धेरै राम्रो कार्यक्रमहरू ल्याउने विश्वास दिलाउँदै आजबाट सुरु हुने तीन दिने कार्यक्रमबाट धेरै भन्दा धेरै फाइदा लिनुहुन अनुरोध गर्नुभएको थियो।

तीन दिनसम्म चल्ने यो कार्यक्रम पहिलो दिन प्रीति पाण्डेले जेष्ठ नागरिक हरूको परिचय सहित जेष्ठ नागरिकका हक अधिकार र कानुनी जटिलताका बारेमा र सहजीकरण गर्ने बारेमा प्रशिक्षण दिनुहुने बताइएको छ भने दोस्रो र तेस्रो दिन मनोसामाजिक परामर्शकर्ता र स्वास्थ्य मनो परामर्शकर्ता चिनो सुनारले प्रशिक्षण दिनुहुने पोखरा १९ जेष्ठ नागरिक का अध्यक्ष राधा गौतमले हामीलाई बताउनुभयो।

५० जना भन्दा बढी सहभागी भएको सो कार्यक्रममा वडाबाट करिब १ लाख रुपैयाँ बजेट विनियोजन भएको बताउनुभएको थियो। यस बजेटबाट अधिकतम भन्दा अधिकतम जेष्ठ नागरिक बुवाआमा हरू कानुनी रूपमा होस् स्वास्थ्यको रूपमा होस् या मनोपरामर्श तिनै शीर्षकमा सबै जेष्ठ नागरिकहरूले अत्याधिक फाइदा लिइ आगामी दिनमा आफ्नो जीवनलाई सहज र सरल बनाउनुहुनेछ भन्ने विश्वास संस्थाका अध्यक्ष राधा गौतमले दिलाउनुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै