Worldlink Communications

धारा आधारभूत विद्यालय पोखरा को वार्षिक उत्सव एवं अभिभावक दिवस कार्यक्रम सम्पन्न

माघ २१, पोखरा

पोखरा महानगरपालिका वडा न.१९ चुरुङ्गा पातलेमा रहेको श्री धारा आधारभूत विद्यालयले ४६ औं वार्षिक उत्सव एवं अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं १९ का वडाध्यक्ष पुष्पन्द्र पाण्डेको आतिथ्यतामा भएको थियो। विशिष्ट अतिथि पोखरा महानगर पालिकाको शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवन राज रेग्मी र अतिथिहरूमा वडाका जनप्रतिनिधि विकास आचार्य, दुर्गा देवी बस्नेत गौतम, अक्षयकोष दाताहरू, छिमेकी विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, चन्दादाताहरू , विभिन्न सङ्घसंस्था क्लबका अध्यक्षहरू लगायत सम्पूर्ण अभिभावक लगायत बुद्धिजीवीहरू समाजसेवीहरू विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरूको समूहिक उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको उद्घघाटनका गर्नुभएको प्रमुख अतिथि पुष्पेन्द्र पाण्डेले विद्यालयको विकासको निम्ति वडाका हामी सबै जनप्रतिनिधिहरूले विद्यालयको विकासको लागि सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।  आगामी दिनमा शिक्षाको वातावरण को अझै राम्रो व्यवस्थापन  गर्नको लागि स्थानीय सरकार को तर्फबाट वातावरण विभिन्न पक्षबाट शैक्षिक वातावरण बन्नेमा सहयोग गर्ने नै छ भन्नुभयो। धार्मिक आस्थाको हिसाबले पनि विद्यालय मन्दिरको आसपासमा नै रहेको छ भने चन्दादाताहरूको आघात माया पनि उत्तिकै भएको बताउँदै प्रमुख अतिथि उपेन्द्र पाण्डेले विद्यालयलाइ हटाउनुपर्ने अर्थात् गाब्नुपर्ने दिन सकेसम्म ल्याउनु हुँदैन भन्दै यसरी नै रहिराख्नुपर्छ  यसलाई बचाइ राख्नको लागि विद्यार्थी सङ्ख्या कसरी बढाउन सकिन्छ भन्ने सोच्नुपर्ने बताउनुभयो । अन्यथा हाम्रो हातबाट गयो भने फेरि फर्काएर ल्याउन नसक्ने भएको हुनाले बरु सबैले अपनत्व लिँदै विद्यालयलाई जोगाउन तर्फ लाग्नुपर्ने बताउनु भयो।

महानगर शिक्षा समितिका शिक्षा अधिकृत जीव नराज रेग्मीले अहिलेको परिवेशमा विद्यालयहरूमा विद्यार्थीहरू कमी हुनु भनेको विशेषगरी युवा पंक्ति विदेशिनु नै प्रमुख कारण भएको बताउनुभयो। जसले गर्दा नेपालकै जनसङ्ख्यामा कमी आएको बताउनुभयो। युवाहरू विदेशिएपछि गाउँमा बाँकी रहेका परिवार हरु सहरमा बसाइ सरि जानु नै प्रमुख रुपमा रहेको बताउनुभयो। फेरि पनि गाउँघरमा शैक्षिक वातावरण  राखिराख्न विद्यालय हरूको शैक्षिक वातावरण बनाउने प्रयासहरु कार्यालयबाट बनाउने धेरै तर्फबाट प्रयास भइरहेको भएपनि प्रमुख रूपमा युवाहरू विदेश जानु नै जनसङ्ख्यामा कमी आइ विद्यालयमा विद्यार्थी कमी हुन गएकोले स्थायी रूपमा जनसङ्ख्या कसरी कसरी स्थिर राख्न सकिन्छ भन्ने तर्फ सोचिरहेको बताउनुभयो ।

जनप्रतिनिधिहरू विकास आचार्य र दुर्गादेवी बस्नेत गौतमले विद्यालयको  समग्र विकासको लागि हामि जनप्रतिनिधिहरु एक रुपमा रहेर काम गरिरहेको र अझै गर्न बाँकी रहेको भएपनि अझै  गर्नपर्ने जिम्मेवारी बोध आगामी दिनमा अझै धेरै गर्नुपर्ने बताउनु भयो। । यसको लागि शिक्षक विद्यार्थी अभिभावक को त्रिकोणात्मक सम्बन्ध मिलाएर विद्यालय प्रशासक, शिक्षकहरु, अभिभावक र विद्यार्थीहरु आआफ्नो स्थानबाट अगाडि बढ्ने वातावरण मिलाउन सकियो भने काम गर्ने हरुलाई पनि सजिलो हुने र नतिजा पनि सपोर्टिप आउने बताउनुभएको थियो।

विद्यालयका प्रधानाध्यापक रोधनाथ गौतमले विद्यालयको शैक्षिक प्रतिवेदन सहित समग्र विद्यालयको विगत वर्तमान र भविष्यको योजनासहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने अभिभावक तथा बुद्धिजीवीहरूको तर्फबाट खिना थापा, विकास गौतम , बिना बास्तोला लगायत विद्यार्थीहरूको तर्फबाट पनि स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

चन्दादाताहरू र सहयोगी मनहरूलाई विद्यालयले खादामाला सहित सम्मानपत्रले सम्मान गरेको थियो भने विद्यालयमा विभिन्न खेलकुद लगायत शैक्षिक क्षेत्रमा उत्कृष्ट नम्बर ल्याएर प्रथम द्वितीय तृतीया उनी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको सो कार्यक्रम भव्य र सभ्य रुपले विद्यालय का शिक्षक लक्ष्मण गौतमले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: