वैशाख २२, पोखरा
WorldLink Communications Ltd. को आयोजनामा ‘BEAT THE SPEED Season 3’ नामक क्रिकेट प्रतिभा पहिचान कार्यक्रम पोखरामा आयोजना हुने भएको छ। कम्पनीले २०८३ वैशाख २४ गते हुने भएको छ।
कार्यक्रम पोखरा रंगशाला अन्तर्गत क्रिकेट मैदान, इन्द्रचोक–१० मा दिउँसो ४:०० बजेबाट सुरु हुनेछ। उक्त कार्यक्रम प्रतिभावान खेलाडी हरूको पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको जनाइएको छ।
कार्यक्रममा सहभागी खेलाडीहरूले राष्ट्रिय खेलकुद परिषद् बाट प्रमाणित मापन प्रक्रियाअन्तर्गत स्पीड मिटरमार्फत गति परीक्षण गरिनेछ भने उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष जर्सी समेत प्रदान गरिने जानकारी दिइएको छ ।
यसैगरी, पोखराबाट उत्कृष्ट १० खेलाडी छनोट भई फाइनल चरणमा प्रवेश गर्नेछन्। अन्तिम प्रतिस्पर्धामा विजेता, फर्स्ट रनर–अप र सेकेन्ड रनर–अपलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
विजेताले नगद रु. १,००,००० सहित भारतको बैंगलोरस्थित Just Cricket Academy मा ३ महिनाको फास्ट बोलिङ प्रशिक्षण अवसर प्राप्त गर्नेछ। त्यस्तै, फर्स्ट रनर–अपलाई नगद रु. ५०,००० र सेकेन्ड रनर–अपलाई नगद रु. २५,००० प्रदान गरिने जानकारी दिइएको छ।








प्रतिक्रिया