Top Header Ad 1

पोखरा–३ मा बालमञ्च पुनर्गठन, बालअधिकार समिति गठन तथा शैक्षिक सामग्री वितरण

पोखरा–३ मा बालमञ्च पुनर्गठन, बालअधिकार समिति गठन तथा शैक्षिक सामग्री वितरण

परिबर्तन न्युज
२३ बैशाख २०८३ बजे
परिबर्तन न्युज
२३ बैशाख २०८३

वैशाख २३, पोखरा

पोखरा महानगरपालिका वडा नं. ३ मा वडा स्तरीय एकता बालमञ्च को आयोजना र वडा कार्यालयको सहयोगमा एकता बालमञ्च पुनर्गठन भएको छ।

Advertisement:Ad
Advertisement:Ad

वडा बाल मन्च गठन तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको सो कार्यक्रम एकता बालमञ्चका अध्यक्ष सुबेग पाण्डेको अध्यक्षता तथा वडा कार्यालयका कार्यवाहक वडा अध्यक्ष शान्ति देवी पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा वडा सदस्य सबी परियार, शनकमान सी.के. र वडा सचिव दमयन्ती पराजुली लगायतको उपस्थितिमा भएको को थियो।कार्यक्रम मार्फत वडा नं. ३ को नयाँ वडा स्तरीय एकता बालमञ्च कार्यसमिति गठन गरिएको छ।

नवगठित समिति अध्यक्षमा उज्ज्वल पराजुली, उपाध्यक्षमा क्रिस्टिना सुनाम, सचिवमा रियाज घिमिरे, सहसचिवमा श्रृष्टि पौडेल तथा कोषाध्यक्षमा स्वस्तिका विश्वकर्मा चयन हुनुभएको छ। एक सदस्य पछि थप्ने गरी सदस्यहरूमा आर्यन बास्याल, कमल ढकाल, संस्कार रेग्मी, बिपिन ताम्राकार, सुबिका घिमिरे, स्मृति नेपाली, शिवम् परियार, मानवी भट्टराई र ममता पराजुली रहनुभएको छ ।

एकता बालमञ्च को आयोजना र वडा कार्यालयको सहयोगमा एकता बालमञ्च पुनर्गठन गरिएको र चार वटा सामुदायिक विद्यालयका ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको आयोजकले जानकारी दिनुभएको छ।

कार्यक्रमले बालअधिकार संरक्षण, विद्यार्थीहरूको सहभागिता अभिवृद्धि तथा शैक्षिक सहयोगमा सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज