वैशाख २५, पोखरा
अन्तर-माध्यमिक विद्यालयस्तरीय निबन्ध प्रतियोगितामा गण्डकी बोर्डिङ स्कूल की छात्रा अमिरा श्रेष्ठ प्रथम भएकी छन्।
नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयद्वारा आयोजित “Global Money Week 2026” अन्तर्गतको अन्तर-माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा गण्डकी बोर्डिङ स्कूल की छात्रा अमिरा श्रेष्ठ प्रथम भएकी छन्।
“Smart Money Talks / पैसा र यसको विवेकशील प्रयोग” विषयमा संवत् २०८३ वैशाख १४ गते सम्पन्न प्रतियोगितामा कक्षा ११ मा अध्ययनरत श्रेष्ठले उत्कृष्ट निबन्ध प्रस्तुत गर्दै प्रथम स्थान हासिल गरेकी हुन्।
प्रतियोगितामा प्रथम भएसँगै उनले नगद पुरस्कार रु. १० हजार सहित सम्मान प्राप्त गरेकी छन्। विद्यालयका अनुसार अमिराको सफलताले विद्यार्थीमा वित्तीय साक्षरता, बचत, जिम्मेवार खर्च तथा पैसाको सही व्यवस्थापनसम्बन्धी चेतना अभिवृद्धि गर्न प्रेरणा मिलेको जनाएको छ।
विद्यालय प्रशासनले अमिराको उपलब्धिप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा बौद्धिक प्रतियोगितामा विद्यार्थीको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरेको छ।








प्रतिक्रिया