असार ९, पोखरा
पोखरा महानगरपालिका वडा नं. ३ ले ज्ञानभूमि माध्यमिक विद्यालय का सम्पूर्ण विद्यार्थीहरूलाई ट्र्याकसुट, जुत्ता, मोजा तथा टिसर्ट लगायतका सामग्री वितरण गरेको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित वडाध्यक्ष प्रकाशमान उदास ले विद्यार्थीहरूको लागि शैक्षिक तथा विद्यार्थीहरूका लागि आवश्यक दैनिक समग्रि र उनीहरूले गर्नसक्ने शैक्षिक विकासका लागि कोशेढुङ्गा हुने देख्दा साना तर महत्वपूर्ण भूमिका खेल्ने यस्तै सहयोगहरू आगामी दिनमा पनि निरन्तर गरिरहने बताउनुभयो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामेश्वरी हमाल को अध्यक्षता मा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम सापकोटा ले स्वागत मन्तव्य व्यक्त गर्दै वडाध्यक्ष उदासको शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा केही गर्नुपर्छ भन्ने भावना रहेको र विद्यालय तथा विद्यार्थीहरूप्रति देखाउनुभएको सहानुभूति र योगदानको प्रशंसा गर्नुभयो।
कार्यक्रममा वडा सचिव विष्णु लामीछाने, वडा सदस्यहरू शान्ति पराजुली र सवि परियार, लेखापाल गोविन्द खनाल तथा रितु तामाङ लगायतले कक्षागत रूपमा सामग्री वितरण गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक जीवन विक ले गर्नु भएको थियो भने विद्यालय परिवारले वडा कार्यालयप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह जाग्ने विश्वास व्यक्त गर्दै धन्यवाद व्यक्त गरेका थियो।








प्रतिक्रिया