Top Header Ad 1

जेन्जी आन्दोलनमा क्षतिग्रस्त प्रहरी कार्यालय को पुनर्निर्माणमा योगदान पुर्‍याउने सामाजिक ब्यक्तित्व चित्र बहादुर थापा प्रहरी महानिरीक्षक बाट सम्मानित

जेन्जी आन्दोलनमा क्षतिग्रस्त प्रहरी कार्यालय को पुनर्निर्माणमा योगदान पुर्‍याउने सामाजिक ब्यक्तित्व चित्र बहादुर थापा प्रहरी महानिरीक्षक बाट सम्मानित

परिबर्तन न्युज
१ कार्तिक २०८३ बजे
परिबर्तन न्युज
१ कार्तिक २०८३

असोज ३१, पोखरा

जेनजी आन्दोलनमा क्षतिग्रस्त प्रहरी कार्यालयको पुनर्निर्माणमा योगदान पुर्‍याउने पोखरा १६ का सामाजिक ब्यक्तित्व चित्रबहादुर थापा प्रहरी महानिरीक्षकबाट सम्मानित हुनुभएको छ।

नेपाल प्रहरीद्वारा आयोजित कार्यक्रममा थापालाई प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सम्मानपत्र प्रदान गर्नुभएको हो। सार्वजनिक संरचनाको पुनर्निर्माणमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरिएको यस अवसरले सामाजिक उत्तरदायित्व र नागरिक–प्रहरी सहकार्यको महत्त्वलाई उजागर गरेको छ।

Advertisement:Ad

जेन्जी आन्दोलनका क्रममा विभिन्न स्थानमा प्रहरी कार्यालय तथा सार्वजनिक संरचनामा क्षति पुगेपछि तिनको पुनर्निर्माण र पुनःस्थापनामा नागरिकस्तरबाट समेत सहयोग हुँदै आएको छ। यस्तो अवस्थामा थापाले पुर्‍याउनुभएको योगदानलाई राज्यको सुरक्षा निकायको पूर्वाधार पुनर्निर्माणमा नागरिकको सहयोग र सद्भावको उदाहरणका रूपमा लिन सकिन्छ।

थापा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व हुनुहुन्छ। उहाँले प्रहरी कार्यालयको पुनर्निर्माणमा पुर्‍याउनुभएको योगदानको कदरस्वरूप प्राप्त सम्मानले सामाजिक सेवामा क्रियाशील अन्य व्यक्तिहरूलाई समेत सार्वजनिक हितका कार्यमा प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज