Worldlink Communications

पोखरा-२० भलामको आयोजनामा तीज गीत प्रतियोगिता- श्री बेसी दिदीबहिनी समूह प्रथम

भदौ ६ पोखरा

पोखरा महानगरपालिका वार्ड न. २० भलामले आज कार्यालयको प्राङ्गणमा तेस्रो वडा स्तरीय तीज गीत प्रतियोगितामा १६ वटा टिम लाई उछिन्दै श्री बेसी दिदीबहिनी समूह प्रथम बन्न सफल भएको छ।

“मौलिक संस्कृति हाम्रो पहिचान” भन्ने शीर्षकमा रहेर राखिएको तीज गीत प्रतियोगिता एवं आफ्ना वडाभित्र रहेका आमा दिदीबहिनी हरूलाई दर खुवाउने कार्यक्रम भव्य र सभ्य रूपले सम्पन्न गरेको पोखरा २० वडाभित्र रहेका करिब १७ वटा आमा समूहहरुले सो प्रतियोगितामा भाग लिनुभएको थियो।

कार्यक्रम संयोजक मिना पौडेलको अध्यक्षतामा भएको कार्यक्रम लाइ वडाध्यक्ष गंग बहादुर के. सि. ब्यानरमा हस्ताक्षर गर्दै उद्घघाटन गर्नुभएको सो कार्यक्रम वडा सचिव रामप्रसाद तिवारीले सञ्चालन गर्नुभएको थियो।

प्रथम पुरस्कार श्री बेसी आमा दिदीबहिनी समूह ले १२ हजार प्राप्त गर्नुभएको छ भने द्वितीय पुरस्कार देवी डाडा आमा समूहले १० हजार र तृतीय पुरस्कार श्री सुवेदी बुहारी समूह ले ८ हजार प्राप्त गर्नुभएको छ त्यस्तैगरी भेषभुषामा सुन्दर बस्ती आमा समूह ले ५ हजार, उत्कृष्ट नृत्यमा सृजनशील आमा समूहले ५ हजार र उत्कृष्ट स्वरमा श्री हिमालय मा वि ले ५ हजार पुरस्कार र प्रमाणपत्र पाउनु भएको छ भने सहभागी टिमहरूलाई एक हजार र प्रमाणपत्र प्रदान गरिएको थियो।

निर्णायक मण्डलले प्रतियोगीहरूलाई आफ्नो प्रतिभा देखाउन लगाउँदै दर्शक आमा दिदीबहिनीहरूलाई दर खुवाउने कार्यक्रमलाइ पनि निरन्तरता दिँदै रमाइलोसँगै दर खादै प्रतियोगीहरूको गीत सुन्दै कार्यक्रममा सहभागी भएका आमा दिदीबहिनी हरु खुसी हुँदै वडाले खुवाएको दर खानुभएको थियो।

तारापति सुवेदी ,प्रेमराज अधिकारी ,कमला सुनार र जीवन दाहाल को निर्णायक समितिको निर्णयकत्वले निर्णय सुनाउनुभन्दा पहिला कुन कुन टिमले के कसरी नम्बर पाउन सफल भए अर्थात् पुरस्कार जित्न सफल भए भन्ने विषयको सम्पूर्ण व्याख्या गर्दै पुरस्कार विजेता समूहको नाम घोषणा गरिएको थियो ।कार्यक्रममा सबै सहभागी टिमले आआफ्नो कमजोरी भएकै हो भन्ने महसुस गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: