Top Header Ad 1
Top Header Ad 2

ऐतिहासिक बाटुलेचौर तीज मेलाको तयारी पुरा, राष्ट्रिय कलाकार हरु आउने 

ऐतिहासिक बाटुलेचौर तीज मेलाको तयारी पुरा, राष्ट्रिय कलाकार हरु आउने 

परिबर्तन न्युज
८ भाद्र २०८२ बजे
परिबर्तन न्युज
८ भाद्र २०८२

भदौ ८ ,पोखरा

पोखराको बाटुलेचौरमा हुने ऐतिहासिक तीज मेला २०८२ पोखरा महानगरपालिका वडा नं १६ को समन्वयमा हुने बृहत तीज मेलाको तयारी पूरा भएको छ ।

यही भदौ ९ र १० गते स्थानीय बाटुलेचौर खेल मैदानमा हुने ऐतिहासिक बाटुलेचौर तीज मेलाको तयारी पुरा भएको कार्यक्रम कार्यक्रम प्रचारप्रसार संयोजक मोहन थापाले जानकारी दिनुभयो। भोलि सोमबार हुने कार्यक्रम को प्रमुख अतिथि पोखरा महानगर पालिकाको उपमेयर मञ्जु गुरुङले उद्घाटन गर्नु हुने र मंगलबार तिज मेलाको समापन गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने वार्ड सदस्य एवं मेला कार्यक्रमका संयोजक राजकुमारी बानियाले जानकारी दिनुभयो।

तीज मेलाको पहिलो दिन भोलि ९ गते सोमबार विहान महेन्द्र गुफा देखि मैदानसम्म प्रभातफेरी र दिउँसो विद्यालय स्तरीय तीज गीत नृत्य प्रतियोगिता हुने बताइएको छ भने करिव १५ वटा विद्यालयले सो कार्यक्रममा आफ्नो सहभागिता जनाउने बताइएको छ।

मंगलबार १० गते पर्सी मेलाको मुख्य आकर्षणको रुपमा समुहगत तीज गीत कार्यक्रममा वडाभित्रका करिव २० वटा आमा समुहले तीज गीत प्रस्तुत गर्नुहुने जानकारी दिइएको छ।

९ र १० गते दुवै दिन ख्याति प्राप्त लोक दोहोरी गायक रामजी पौडेल, सन्ध्या बि सी साथै गणेश ढकाल र कृष्ण सुबेदीको सांस्कृतिक प्रस्तुति रहने छ भने मेलालाई व्यवस्थित सभ्य र भव्य बनाउन बनाउन ८ वटा उपसमिति बनाई कार्यक्रमको तयारीलाई सहज बनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज