कास्की क्षेत्र नम्बर-३ को विस्तार बैठक सम्पन्न, बहुमत ल्याउनको लागि कार्यकर्ताहरूलाई प्रशिक्षण गर्दै एमाले

कास्की क्षेत्र नम्बर-३ को विस्तार बैठक सम्पन्न, बहुमत ल्याउनको लागि कार्यकर्ताहरूलाई प्रशिक्षण गर्दै एमाले

परिबर्तन न्युज
१२ माघ २०८२ बजे
परिबर्तन न्युज
१२ माघ २०८२

माघ १२, पोखरा

नेपाल कम्युनिष्ट पार्टी एमाले प्रतिनिधि सभा निर्बाचन क्षेत्र समन्वय कमिटी क्षेत्र न.३ कास्कीको विस्तारित बैठक पोखरा महानगर पालिका वडा नं २५ हेम्जाको पार्टी प्यालेसमा सम्पन्न भएको छ।

Advertisement:Ad

नेकपा एमाले केन्द्रीय अनुशासन कमिटीका संयोजक भरत पहारी को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कास्की जिल्ला कमिटीका उपसचिव तथा क्षेत्र नम्बर-३ का चुनाव प्रचारप्रसार समितिका संयोजक लालबहादुर परियारको अध्यक्षता भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि भरत पहारीले अहिले नेकपा एमालेको कार्यकर्ता नेता र सामान्य भोटर्स सबैले आफ्नो परिचय दिनुपर्ने बेला आएको बताउनुभयो।

सिद्धान्तले हुर्किएको नेकपा एमाले का कार्यकर्ताहरू वैचारिक रुपले परिपक्क छन् भन्दै उनीहरू अनुशासित हुन्छन् लगनशील हुन्छन् र आत्तिँदैनन् भन्नुभयो। अहिले केही फेसबुकेहरुले फेसबुकमा अनावश्यक तोडमोड गरेर अराजक शैलीबाट प्रस्तुत भएर बोलिएका कुराहरु र लेखिएका कुराहरुलाई प्रतिकार गर्दै अगाडि बढ्नु नै आज नेकपा एमालेको सान भएको बताउनुभयो।

नेकपा एमाले बलियो संगठन सुदृढ विचार र सुसंगठित हुँदै आज यहाँसम्म आएको हुनाले कसैले पनि हल्लाउन नसक्ने गरी जमेका हाम्रा जराहरू देखि आतिएकाहरुले आफ्नो बहुलठ्ठीपन प्रस्तुत गरेर एमालेलाई हराउन सकिन्छ कि भन्ने सपना देखेका हुनाले त्यो सपनालाई समाप्त पार्नको लागि चक्नाचुर पार्नको लागि नेकपा एमालेको इतिहास र विरासतलाई जस्ताको तस्तै राख्दै अगाडि बढाउनको निम्ति आफ्ना कार्यकर्ताहरुलाई फागुन २१ गते हुने चुनावमा सशक्त रुपमा भाग लिँदै अगाडि बढ्नको जोडदार आवान गर्नुभयो।

कास्की जिल्ला क्षेत्र नम्बर ३ प्रत्यक्ष तर्फका उम्मेदवार दामोदर पौडेल बैरागीले विगतका वर्षहरूमा हामीले धेरै गर्नुपर्ने काम हरु बाँकी नै रहिरहेको ती काम हरु हामीले नै पूरा गर्नको लागि र प्रत्यक्ष रुपमा जनताले राहत पाउने गरी काम अझै गर्नुपर्ने भएकोले काम गर्ने दौडानमा केही कमी कमजोरी हामीबाट भएको पक्कै पनि हो आगामी दिनमा यस्ता गल्तीहरु दोहोर्याउने छैन भन्ने भाव व्यक्त गर्दै आफ्ना कार्यकर्ताहरुसँग गल्ती भएको भए माफी चाहन्छु भन्दै आगामी दिनमा यस प्रकारका गल्ती नदोहोर्याउने वाचा कबुल पनि यही मञ्चबाट गर्दछु भनेपछि खुसी भएका जनताले ताली बजाउँदै गर्दा प्रत्यक्ष तर्फका उम्मेदवार दामोदर पौडेल बैरागीले हामीले चुनाव सजिलै जित्छौँ भन्नुभयो।

कार्यक्रममा प्रदेश सांसद मानबहादुर गुरुङले सानातिना मतभेदहरू लाई बिर्सेर जनतासँग प्रत्यक्ष सरोकार राख्ने काम हरू गर्नको लागि विधानसभामा गएर देश विकास युवाको चाहना जनताको चाहना किसानको चाहना उद्योगपतिहरूको चाहना अनुसारको कानुन बनाएर अगाडि बढ्न को लागि पनि एमालेलाई भोट दिनुपर्छ भन्नुभयो अबका दिनमा नेकपा एमाले वाद विवाद गरेर होइन मिलेर अगाडि बढ्ने छ भन्नुभयो। जसको नतिजा फागुन २१ को चुनावले देखाउनेछ भन्नुभयो।

कास्की क्षेत्र न ३ का चुनाब प्रचारप्रसार समितिका सचिव सोमनाथ पौडेलले सन्चालन गर्नुभएको कार्यक्रममा कास्की जिल्ला चुनावी संयोजक राजिव पहारी लगायत समानुपातिक तर्फ बाट उमेद्ववार हुनुभएका दिपक पौडेल र कान्ति बुर्लाकोटीले अब एकपटक जनताले नेकपा एमालेलाई जिताउनुपर्छ भन्दै फागुन २१ मा हुने चुनावले एमालेको बहुमतको सरकार बन्न कसैले रोक्न नसक्ने बताउनुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज