माघ १८, पोखरा
खेलकुद पत्रकार केशव पाठकलाइ उहाँको काम र उहाँको पत्रकारितालाइ छैठौँ टाइगर कप २०८२ बाट सम्मानित हुनुभएको छ।
हजारौँ दर्शकले भरिएको टाइगर कपको फाइनलको उत्साहबीच, खेलकुद पत्रकारितालाइ सम्मान गर्दै टाइगर ग्रुप अफ पोखरा नेपालको मञ्चबाट सम्मानको लागि बोलाइयो पाठकको खुसीको सीमा नै रहेन कति खुसी हुनुभएको रहेछ भन्ने विषय उहाँकै फेसबुक वालबाट जस्ताको तस्तै
कर्मको यात्रामा लागिरहँदा कहिलेकाहीँ जीवनले यस्ता पल दिन्छ, जसले मन नै भरिन्छ । शनिबार त्यस्तै अविस्मरणीय दिन बन्यो । हजारौँ दर्शकले भरिएको टाइगर कपको फाइनलको उत्साहबीच, खेलकुद पत्रकारितामा गरेको मेरो सानो प्रयासलाई सम्झँदै टाइगर ग्रुप अफ पोखरा नेपालले मलाई सम्मानित गर्यो । त्यो क्षण मेरा लागि केवल सम्मान मात्र होइन, वर्षौँको मेहनत, संघर्ष र मायाको मूल्यांकन थियो ।
यस सम्मानका लागि संस्थाका आदरणीय अध्यक्ष श्री नारायण शर्मा ज्यू, पोखरा महानगरपालिकाका मेयर श्रद्धेय धनराज आचार्य ज्यू, छैटौँ टाइगर कपका संयोजक श्री राजकुमार गुरुङ ज्यू, नेपाल भलिबल संघका अध्यक्ष श्री जितेन्द्र बहादुर चन्द ज्यू, काभाका अध्यक्ष श्री मोहमद लातिफ ज्यू, एनसेलका कार्यकारी निर्देशक श्री माइकल फोले ज्यूलगायत टाइगर ग्रुप अफ पोखरा नेपालका सम्पूर्ण कार्यसमितिप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
यो सम्मानले मलाई खेलकुद पत्रकारिता र समग्र खेलकुद क्षेत्रप्रति अझ जिम्मेवार, सिर्जनशील र समर्पित भएर अघि बढ्ने ऊर्जा दिएको छ ।
यो सम्मान मेरा परम पूजनीय बाबा, परम पूजनीय स्वर्गीय आमाको आशिर्वाद, श्रीमती सावित्रीको साथ र सम्पूर्ण परिवारको मायालाई समर्पित गर्दछु। उहाँहरू बिना म आजको यो ठाउँमा कहिल्यै पुग्न सक्दिनथेँ । मनभरि कृतज्ञता। 🙏
(खेलकुद पत्रकार केशवको फेसबुक वालबाट जस्ताको तस्तै सभार गरिएको)






प्रतिक्रिया