चैत्र १०,पोखरा
जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अभियान अन्तर्गत हालसम्म ४१४ वटा मोटरसाइकल समातेको छ ।
४१४ वटा मोटरसाइकल समातिए पनि जम्मा ३६ जना चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको प्रहरीले बताएको छ । कार्बाही मा पर्ने मोटर साइकलहरु मोडिफाई गरी चर्को आवाज निकाल्ने, ध्वनी प्रदूषण फैलाउने तथा शान्ति सुव्यवस्थामा खलल पार्ने ४१४ मोटरसाइकल र चेकजाँचका क्रममा अमर्यादित व्यवहार गर्ने ३६ जना चालकलाई कारवाही गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी हरी बहादुर बस्नेतले जानकारी दिनुभयो।
पछिल्लो पटक चैत ९ गतेदेखि खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट थप १० वटा मोटरसाइकल नियन्त्रणमा लिएको डिएसपी बस्नेतले जानकारी दिनुभयो भने ति नियन्त्रणमा लिइएका सवारी साधनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको पनि जानकारी दिनुभयो।
कास्की प्रहरीले मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, समाजमा आतङ्क सिर्जना गर्ने तथा शान्ति सुरक्षामा अवरोध पुर्याउने गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यका साथ गत असोज २७ गते देखि ‘अपरेसन ३६५’ सुरु गरेको थियो।
प्रहरीले सो अभियानलाई सहर तथा ग्रामीण क्षेत्र दुबैमा यस्ता गतिविधि रोक्न विशेष निगरानी बढाउदै अवैध रूपमा मोडिफाइ गरिएका मोटरसाइकलको जानकारी नजिकको प्रहरी कार्यालयमा जानकारी दिन नागरिकलाई अनुरोध समेत गरेको जानकारी गराउनुभएको थियो।
प्रहरीले सवारीसाधन सवारी साधन धनिलाइ बुझाउँदा गाडिको स्वरूप परिवर्तन नगरी पूर्ववत् अवस्थामै चलाउन आग्रह गरेको र ग्यारेज, वर्कसप तथा रिकन्डिसन हाउस सञ्चालकहरूलाई समेत यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिनुभएको थियो । यदि आगामी दिनमा पनि मोडिफाई गरिएको सवारी साधन चलाएको पाइएमा सवारीधनी र संलग्न व्यक्तिदुबैलाई कानून बमोजिम कारबाही गरिने बताउनुभएको थियो।







प्रतिक्रिया