Top Header Ad 1

पोखरामा मध्यराति भूकम्पको धक्का, सर्वसाधारणको निद्रा बिथोलियो

पोखरामा मध्यराति भूकम्पको धक्का, सर्वसाधारणको निद्रा बिथोलियो

परिबर्तन न्युज
३ भाद्र २०८३ बजे
परिबर्तन न्युज
३ भाद्र २०८३

भदौ ३, पोखरा

बुधबार राति १ः४४ बजे पोखरा र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पका कारण धेरै सर्वसाधारण निद्रामै ब्युँझिएका थिए भने सामाजिक सञ्जालमा पनि भूकम्पको चर्चा व्यापक रूपमा भएको छ।

भूकम्पको राष्ट्रिय मापन केन्द्रबाट आधिकारिक विवरण सार्वजनिक भइनसकेको भए पनि प्रारम्भिक जानकारी अनुसार भूकम्पको तीव्रता करिब ५.१ रेक्टर स्केल रहेको र केन्द्रबिन्दु पोखराबाट उत्तर–पूर्व क्षेत्र सर्दीखोला क्षेत्रमा भूकम्प आएको अपुष्ट खबर प्राप्त भएको छ।

भूकम्पको धक्का पोखरा उपत्यकासहित कास्की, पर्वत, बागलुङ र आसपासका जिल्लामा समेत महसुस गरिएको स्थानीयवासीले बताएका छन्। हालसम्म मानवीय वा भौतिक क्षतिको कुनै विवरण प्राप्त भएको छैन।

यसअघि पनि पोखरा क्षेत्रमा ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो, जसको केन्द्रबिन्दु कास्कीको धम्पुस क्षेत्र रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको थियो।

सम्बन्धित निकायले भूकम्पबारे आधिकारिक विवरण सार्वजनिक गरेसँगै थप जानकारी अद्यावधिक गरिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज