Top Header Ad 1

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र प्रधान न्यायाधीश नियुक्तिप्रति हर्कराज राईको आपत्ति

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र प्रधान न्यायाधीश नियुक्तिप्रति हर्कराज राईको आपत्ति

परिबर्तन न्युज
२५ बैशाख २०८३ बजे
परिबर्तन न्युज
२५ बैशाख २०८३

वैशाख २५, काठमाडौँ

हर्कराज राई ले संसद् छलेर राष्ट्र प्रमुखलाई दबाब दिँदै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराउनु गलत भएको बताउनुभएको छ।

Advertisement:Ad
Advertisement:Ad

श्रम संस्कृति पार्टी का अध्यक्षसमेत रहेका राईले एक विज्ञप्ति जारी गर्दै सरकारले वरिष्ठतालाई मिचेर चौथोलाई प्रधान न्यायाधीश नियुक्त गरेको भन्दै आपत्ति जनाउनुभएको हो। उहाले यस्तो निर्णय ले राजनीतिक तथा कानुनी स्वार्थ झल्काएको आरोप लगाउनु भएको छ।

विज्ञप्तिमा सरकारले सुशासन र स्थिरताको आश्वासन दिए पनि व्यवहारमा विधि मिच्ने काम गरेको उल्लेख गरिएको छ। साथै सहकारी ठगी प्रकरण, भुटानी शरणार्थी प्रकरण तथा ‘Gen Z आन्दोलन’ जस्ता संवेदनशील विषयमा आफ्नो पक्षमा निर्णय गराउन नियुक्ति गरिएको हुन सक्ने आशंका व्यक्त गरिएको छ।

राईले नियुक्तिसम्बन्धी छलफलका क्रममा विभिन्न शक्ति केन्द्र तथा दबाब समूह सक्रिय रहेको दाबी गर्दै वरिष्ठताको क्रम उल्लंघन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण रहेको बताउनु भएको छ।

उहाले विधि र प्रक्रिया मिचेर राजनीति अघि बढाउने कार्यको श्रम संस्कृति पार्टी ले विरोध गर्ने स्पष्ट पार्नुभएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज