मानवीय सेवामा रेडक्रसको भूमिकाप्रशंसनीयः मन्त्रीथापा

मानवीय सेवामा रेडक्रसको भूमिकाप्रशंसनीयः मन्त्रीथापा

परिबर्तन न्युज
१५ कार्तिक २०७८ बजे
परिबर्तन न्युज
१५ कार्तिक २०७८

कार्तिक १५, पोखरा

गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले मानवीय सेवा रेडक्रसको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । सोमबार नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले आयोजना गरेको शुभकामनाआदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री थापाले समाज सेवामा रेडक्रसले काम गरेको बताउनुभयो ।

Advertisement:Ad
Advertisement:Ad

उहाँले भन्नुभयो समाजमा रेडक्रसको भूमिका महत्वपूर्ण छ । जहाँदुख छ,त्यहाँ रेडक्रस पुग्ने गरेको छ । परोपकारी संस्थाको रुपमा रेडक्रस परिभाषित छ । भूकम्पका बेलाहोस् या अन्यप्राकृतिकविपतका समयमा रेडक्रस सँधै अगाडि बढेको नकार्न सकिदैन ।

मन्त्री थापाले कोभिडका समयमा सबै क्षेत्र ठप्प हुँदा एम्बुलेन्स सेवा र रगत अभावलाई परिपूर्ति गर्न रेडक्रसले पुर्याएको योगदानलाई प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो हरेक क्षेत्र ठप्प हुँदापनि रेडक्रस समाज सेवामा लागिरहयो । सबै कोरोनाबाट डराए तर रेडक्रसलाई मानवीय सेवामा समर्पित भएको देख्न पाइयो । महामारीमा एम्बुलेन्स सेवामा समस्या हुँदा समाधान भएर रेडक्रस उभियो  रगत अभाव समेत हुनदिएन । हाल केही हदसम्मभएको कोरोना नियन्त्रणमा रेडक्रसको भूमिका प्रशंसनिय छ ।

Advertisement:Ad
Advertisement:Ad

प्रदेश सरकारले रेडक्रसलाई निरन्तर रुपमा सहयोग गर्दै आइरहेको र आगामी समयमा  पनि गरिरहने प्रतिबद्धता उहाँको छ । मन्त्रीथापाले रेडक्रसले पोखरा ८ सिर्जनाचोकमाबनाउँदै गरेको अत्याधुनिक सुविधा सम्पन्न ब्लड बैंकका लागि  आवश्यक भवन निर्माणमा देखिएका समस्यालाई सम्बोधन गर्ने बताउनुभयो । उहाँले निर्माणाधिन अवस्थामा रहेको भवनआफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने भएकाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट केही बजेट विनियोजन गर्ने र अन्यआवश्यक स्रोत साधनका लागि सम्बन्धित मन्त्रालयसँग समेत पहलकदमी गरिदिने बताउनुभयो ।कार्यक्रममा रेडक्रस सोसाइटी गण्डकीका सभापति सुर्य ढकालले विपतका समयमा काम गर्ने संस्था रेडक्रस सरकारको साझेदार भएको उल्लेख गर्नुभयो । उहाँले शिक्षा,स्वास्थ्य, खानेपानीको क्षेत्रमा रेडक्रसले कामगरिरहेको जानकारी गराउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डेले २०२२ सालमाझोलाबाट संचालनभएको रेडक्रस क्रियाशिलताका आधारमा आज यहाँ सम्म आइपुगेको बताउनुभयो । उहाँले नागरिकलाई सरल रुपमा थप सेवा प्रवाहगर्न कास्की रेडक्रसले स्रोत साधनको उपलब्धता लाई थप विस्तार गरिरहेको बताउनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज