पालिकाहरुमा प्रदेशको एकिकृत यूनिट स्थापना गर्न आबस्यक : मन्त्री बराल

पालिकाहरुमा प्रदेशको एकिकृत यूनिट स्थापना गर्न आबस्यक : मन्त्री बराल

परिबर्तन न्युज
२७ मंसिर २०७९ बजे
परिबर्तन न्युज
२७ मंसिर २०७९

मंसिर २७,पोखरा

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले स्थानिय पालिकाहरुमा प्रदेशका एकिकृत यूनिट स्थापना गर्न आवश्यक भएको बताउनु भयको छ ।अर्थ मन्त्रालयले मंगलबार पोखरामा आयोजना गरेको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७९ को मस्यौदा माथि भएको छलफलमा वोल्दै मन्त्री बरालले उक्त कुरा बताउनुभयको हो ।

Advertisement:Ad

प्रदेशका विभिन्न मन्त्रालयहरुले जिल्लास्थित कार्यालयहरु स्थापना गर्दैजादा प्रदेशमा आर्थिक भार बढ्ने हुँदा त्यसलाई आर्थिक रुपमा र जनता लाई सहज तथा सरल ढंगबाट सेवा प्रवाह गर्न पनि पालिकाहरुमा प्रदेशको एकिकृत यूनिट स्थापना गर्न आवश्यक भएको उहाको भनाई थियो ।संघियताको पहिलो ५ बर्षकोअनुभवले अब कम्तिमा प्रदेशको अपनत्व हुने गरी हरेक कार्यविधि तथा ऐन कानून बनाउदा ख्याल गर्नुपर्ने मन्त्री बरालले बताउनुभयो।

प्रदेशमा शुसासन कायम गरी र प्रगतीको पथमा लैजानको लागि अब ५ बर्षको अनुभवबाट शिक्षा लिई प्रदेशका मुख्यमन्त्री, मन्त्री, कर्मचारी हरुले प्रदेशको आफ्नो बिषेशताको महत्व बुझि अपनत्व हुने गरी केही न केही गर्नुपर्ने मन्त्री बरालको भनाई थियो । प्रदेशको आन्तरिक श्रोत बृद्धि नगरी प्रदेश हुनुको अर्थ नहुने ठानेर आफुले केही सार्थक प्रयास गरेको उहाले बताउनु भयो ।

गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ, अर्थ सचिव बिष्णुप्रसाद शर्मा लगायत प्रदेशका विभिन्न मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको अर्थ मन्त्रालयका कानून अधिकृत तेजेन्द्र प्रसाद ढकालले  हामीलाई बताउनु भयो  ।

– प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज