पोखरा को चिप्लेढुङ्गामा नगरबसले स्कुटरलाई ठक्कर दिँदा महिला को घटनास्थलमै मृत्यु

पोखरा को चिप्लेढुङ्गामा नगरबसले स्कुटरलाई ठक्कर दिँदा महिला को घटनास्थलमै मृत्यु

परिबर्तन न्युज
३ चैत्र २०७९ बजे
परिबर्तन न्युज
३ चैत्र २०७९

फागुन ३, पोखरा

आज शुक्रबार बिहानै पोखराको चिप्लेढुङ्गामा नगरबसले स्कुटरलाई ठक्कर दिँदा एक महिला को घटनास्थलमै मृत्यु भएको छ । झापा जिल्ला दमक ४ स्थायी घर भई हाल पोखरा ५ प्रस्याङ बस्दै आउनु भएकी २४ वर्षीया दिक्षा कार्कीको मृत्यु भएको हो ।

Advertisement:Ad

सिद्धार्थ चोकबाट चिप्लेढुङ्गातर्फ आउँदै गरेको ग १ ख ७१०८ नम्बरको बसले ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको कास्की प्रहरीले जनाएको छ ।

ठक्कर दिएको नगरबस र चालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज