नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा ९० यूनिट ब्लड संकलन

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा ९० यूनिट ब्लड संकलन

परिबर्तन न्युज
१२ श्रावण २०८० बजे
परिबर्तन न्युज
१२ श्रावण २०८०

साउन १२,

पोखरा नेपाल रेडक्रस सोसाइटी कास्की शाखा द्वारा आयोजित ५८ औं रक्तसञ्चार सेवा दिवसको शुभ अवसरमा सस्थागत एबम ब्यक्ति गतरुपमा धेरै पटक रक्तदान गरेका लाइ सम्मान गर्ने र खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

Advertisement:Ad
Advertisement:Ad

आजको खुल्ला रक्तदान कार्यक्रमबाट ९० युनिट ब्लड  संकलन गरिएको सो कार्यक्रम नेपाल रेडक्रस सोसाइटी कास्कीले आयोजना गरेको थियो। कास्कीका अध्यक्ष डण्डराज शर्माको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अथिति पोखरा महा नगरपालिका को उपमेयर मञ्जु गुरुङले हुनुहुन्थ्यो भने अतिथिहरुमा जिल्ला प्रशासन कार्यालयका कार्यलय प्रमुख बासुदेव घिमिरे , दिपेन्द्र श्रेष्ठ लगायत बिभिन्न संघसंस्थाका अध्यक्षहरुको आथित्यमा कार्यक्रम स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रमुख अतिथि मञ्जु गुरुङले रेडक्रस जस्तो मानव सेवा गर्ने संस्था को बारेमा सबैले राम्रो सोच बनाई आफूले दिएको प्रत्येक रगतका थोपाहरूमा  कसैको नयाँ जीवन जोडिएको छ भन्ने बुझ्नुपर्ने बताउनु भयो । हरेक १८ बर्ष उमेरपुगेका निरोगी व्यक्तिहरुले रक्तदान गर्ने तर्फ सबैलाई शिक्षा दिनुपर्छ त्यस विषयमा आफूले पनि महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो। संस्थागत रूपमा पनि मैले सहयोग गर्दै आइरहेको भएपनि अझै केही गर्नु नै पर्ने भएमा आफूले खुलेर सहयोग गर्ने बताउनुभयो ।रक्तदान जीवन दान आफैँमा महत्वपूर्ण विषय भएकोले सबैले समाजसेवामा एककदम अगाडि बढ्दै मानवजाति को र जगतको रक्षा गर्नको लागि सबैको उत्तिकै दायित्व र जिम्मेवारी हुनुपर्ने बताउनुभयो ।

Advertisement:Ad
Advertisement:Ad

रक्तदान कार्यक्रममा अपाङ्गता हुनुभएका मादी गाउँपालिका-६ बस्ने मन्जु बरालले पनि आज आफुलाई मानव सेवामा एक कदम अगाडि बढ्नुपर्छ मैलेपनि समाजको लागि केही गर्नुपर्छ मानव जीवनको रक्षार्थ पनि गर्नुपर्छ यो विषयमा मेरो पनि उत्तिकै दायित्व छ र हुन पनि पर्छ भन्दै पहिलो पटक रक्तदान गर्नुभएको थियो।

त्यस्तैगरी आज नेपाल रेडक्रस सोसाइटी कास्की शाखामा ८१ औं पटक रक्तदान गर्ने जितेन्द्रमान शाक्य पनि उत्तिकै फुर्तिका साथ रक्तदान गर्नुभएको देखिन्थ्यो उहाँले १०० पटक भन्दा बढी पटक  रक्तदान गर्ने आसा रहेको हामिलाइ बताउनुभएको थियो।

कार्यक्रममा उपस्थित प्रमुख अथिति अतिथि हरुलाइ मायाको चिनो प्रदान गरिएको सो कार्यक्रमलाई भव्य र सभ्य रुपले अनुशासित रुपमा सम्पन्न गर्नको लागि नेपाल रेडक्रस सोसाइटी शाखा कास्कीका मन्त्री सुरेन्द्र गुरुङले कार्यक्रम सञ्चलन गर्नुभएको थियो भने विभिन्न शीर्षकमा विभिन्न सदस्यहरुले आआफ्नो जिम्मेवारी बोध गर्दै पाएको जिम्मेवारी लाइससक्त रुपमा पुरा गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो।

 

 

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज