पोखरा- २०,को आयोजनामा हरितालिका तीज गीत प्रतियोगिता सम्पन्न

पोखरा- २०,को आयोजनामा हरितालिका तीज गीत प्रतियोगिता सम्पन्न

परिबर्तन न्युज
२३ भाद्र २०८० बजे
परिबर्तन न्युज
२३ भाद्र २०८०

भदौ २३, पोखरा

पोखरा महानगरपालिका वार्ड नं.२० को आयोजनामा नेपाली महिलाहरूको महान चाड हरितालिका तीज गीत प्रतियोगितामा शिवमन्दिर आम समूह प्रथम भएको छ।

Advertisement:Ad

नेपालीहरूको महान चाड हरितालिका तीजगित प्रतियोगिता पोखरा २० को प्राङ्गणमा गरिएको थियो। तिजगित प्रतियोगिताको संयोजक जनप्रतिनिधि मिना पौडेल अध्यक्षतामा भएको कार्यक्रम मा  जन प्रतिनिधि रुपा नेपालीले स्वागत मन्तव्य दिनुभएको थियो। वडा अध्यक्ष गंगा बहादुर केसीले यस किसिमका कार्यक्रमहरु वर्षैपिच्छे गरिने बताउनुभयो भने कार्यक्रमको बारेमा प्रष्ट पार्नुभएको थियो भने कार्यक्रमलाई भव्य र सभ्य रुपले पहिलो सत्रको कार्यक्रम कार्यालय सचिव हरिकृष्ण आचार्य ले संचालन गर्नु भएको थियो।

कार्यक्रममा निर्णायक मण्डलको रुपमा राष्ट्रिय चर्चित लोकगितहरु गाएर आफ्नो उपस्थिति देखाइसकेको भएका जुनसुकै प्रतियोगिता मा पनि दखल गरिसक्नुभएका जीवन दाहाल, ज्योती लोहनी र सरस्वती लामिछाने हुनुहुन्थ्यो भने  दोस्रो तीजगीत प्रतियोगिताको कार्यक्रम स्थानीय एवम् राष्ट्रिय लोकगित गायक चोलेन्द्र पौडेल ले संचालन गर्नु भएको कार्यक्रममा २७ वटा तिजगित प्रतियोगी समूह को प्रस्तुति रहेको थियो।

कार्यक्रमको सुरुवातमै निर्णायक मंडल का सदस्य जीवन दाहालले आफूहरुलाई दुधको दुध पानीको पानी छुट्याउने भनेपनि बाक्लो दुध र पातलो दुध छुट्याउन सक्ने सामर्थ्य भएको बताउँदै प्रत्येक प्रतियोगी समूहलाइ १२ मिनेट गीत गाउने समय दिइनेछ, टिमहरू दर्ता अनुसार नै आउनु पर्नेछ, गीत गाउँदा राजनीतिक ,व्यक्तिगत, भाषागत ,लैन्गिक ,कसैलाई पनि आक्षेप लगाएर गित गाउन पाइने छैन सकेसम्म गितहरु काल्पनिक, सामाजिक परिवेश मिल्ने र मौलिक हुनुपर्छ ,सुर ताल हाउभाउ भेषभुषा नाच सबैको र्याङ्को ठ्याङ मिल्नुपर्छ सबैको एकएक मूल्यांकन गरि त्यहि किसिमको नम्बर दिइने शर्तहरु  राखेर कार्यक्रमलाई अगाडि बढाउनुभएको थियो ।

तीजगीत प्रतियोगितामा २७ वटा टिमहरु मध्येबाट शिवमन्दिर आमा समूहले प्रथम पुरस्कार १५०००/- हजार पाएको छ भने दित्तीय पुरस्कार महेन्द्र मा बि का विद्यार्थी भाइबहिनीहरुले १००००/-जितेका छन्  त्यस्तैगरी तृतीय पुरस्कार पिपलडाली आमा समूहले तृतीय पुरस्कार ७०००/- जित्न सफल भएको छ भने सान्त्वना पुरस्कार खोर दिदीबहिनी आमा समूह र मौजा बिसौना आमा समूहले क्रमश: ५०००/- पाएका छन। त्यस्तैगरी उत्कृष्ट नृत्य डाँडा गाउँटोल विकास संस्थाले ३०००/- पुरस्कार पाएको छ । शितलादेवी आमा समूह उत्कृष्ट भेषभुषमा मा ३०००/-हजार पुरस्कार पाएको छ भने उत्कृष्ट स्वर भएको कुशुम जि सि लाइ  प्रमाण पत्र उपलब्ध गराइएको थियो।

२७ वटा टिम दर्ता भएकोमा २७ वटै टिमले भाग लिएका थिए। तिज गित प्रतियोगिता सँगै उपस्थित हुनुभएका सम्पुर्ण आमा दिदीीबहिनी हरुलाई वडाको तर्फबाट दर खुवाउने कार्यक्रम सहित नाचगान रमाइलो गरेर कार्यक्रम समापन गरिएको थियो। कार्यक्रमको अन्तमा वडा अध्यक्ष गगा बहादुर केसीले आगामी वर्षहरुमा पनि यस किसिमका कार्यक्रमहरु गर्ने तर फरक किसिमले गर्ने होभने सुझााब हरुको अपेक्षा गर्दछु भन्नुुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै