एमाले गण्डकीको पत्रकार सम्मेलन , प्रथम अधिबेशनको लोगो सार्बजनिक

एमाले गण्डकीको पत्रकार सम्मेलन , प्रथम अधिबेशनको लोगो सार्बजनिक

परिबर्तन न्युज
२ आश्विन २०८० बजे
परिबर्तन न्युज
२ आश्विन २०८०

असोज २ ,पोखरा

ने क पा ( एमाले) गण्डकी प्रदेश कमिटीले यहि असोज १५ र १६ गते पोखरामा आयोजना हुने प्रथम ऎतिहासिक अधिबेशनको लोगो मंगलबार सार्बजनिक गरेको छ ।

Advertisement:Ad
Advertisement:Ad

अधिबेशन प्रचार प्रसार समितिले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर लोगो सार्बजनिक गरेको हो।लोगो सार्बजनिक गर्दै एमाले सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले अधिबेसन लाइ ऎतिहासिक बनाउन भएका तयारीहरूको बारेमा जानकारी दिनुभयो ।प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अधिबेशन प्रचार प्रसार समिति संयोजक तथा प्रदेश कमिटीका उप सचिब रश्मि आचार्यले संचालन गर्नु भएको थियो।

अधिबेशनमा करिब ९०० जना प्रतिनिधि सहभागी हुने र असोज ९ गते प्रतिनिधि चयन हुने जानकारी अध्यक्ष नबराज शर्माले जानकारी दिनुभएको थियो ।नेकपा (एमाले) गण्डकीको प्रथम अधिबेशनको उद्घघाटन पार्टी अध्यक्ष के पि शर्मा ओलिले असोज १५ गते अमरसिंह चौरमा गर्नुहुने जानकारी  गराइएको थियो।

Advertisement:Ad
Advertisement:Ad

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज