दशै मान्न गएका एकै परिवारका चारजनाको सामूहिक हत्या: प्रहरी अनुसन्धान गर्दै

दशै मान्न गएका एकै परिवारका चारजनाको सामूहिक हत्या: प्रहरी अनुसन्धान गर्दै

परिबर्तन न्युज
१० कार्तिक २०८० बजे
परिबर्तन न्युज
१० कार्तिक २०८०

कार्तिक १०,मुगु

मुगु जिल्लाको छायानाथ रारा नगरपालिका-६ को मंदु गाउँमा चारजनाको सामूहिक हत्या भएको छ।

Advertisement:Ad

७ गते दशैँको टीका लगाउन छायानाथ रारा नगरपालिका वडा नं.-६ कोटिल्ला माइत गएकी २६ वर्षीया आमा श्रीदेबि बोहरा  ११ बर्षिया छोरा मनोज बोहरा, १ वर्षीय रहर बोहरा र ७ वर्षिय छोरी अप्सरा बोहरा टीका लगाएको भोलिपल्ट ८गते घर फर्किएका उनिहरुको आफ्नै घर भित्र सामूहिक हत्या भएको जिल्ला प्रहरी कार्यालय मुगुका नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो।

छरछिमेकी का अनुसार बिहान ९ गते बिहान सम्म पनि ढोका खोलेको नदेखेका उनिहरुले कहीं कतै बारीमा तरकारी टिप्न गएको होलान भन्ने सोचेका तर आज १० गतेसम्म पनि ढोका खोल्ने कुनै अत्तोपत्तो नदेखेपछि छिमेकीहरुले उनको माइत फोन गर्दा माइतीले ८ गते नै फर्केको कुरा जानकारी दिएपछि उनीहरु सबै मिलेर घरमा लगाएको ताला फोडेर हेर्दा सबैको एकै ठाउँमा मृत अवस्थामा भेटिएका थिए।

सबैको यस्तो दुखद मृत्यु भएको अवस्थामा देखेपछि तुरुन्तै छरछिमेकीहरुले प्रहरीलाई खबर गरेको र तत्काल प्रहरी ११:०० घटनास्थलमा आइपुगेर त्यहाँको वस्तुस्थिति सबै अनुगमन गरेको थियो।

मृतक परिवारको श्रीमान वैदेशिक रोजगारको सिलसिलामा बाहिर हुनुहुन्छ । हत्या के-कति कारणले भएको हो भन्ने कुरा खुल्न अहिले सम्म सकेको छैन भने हत्या के-कति कारणले भएको हो भन्ने विषय मा प्रहरीले गहिरो अनुसन्धान गरेको जिप्रका मुगुका नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो।

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै