Top Header Ad 1

अबैध नदिजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टर नियन्त्रणमा-जिप्रका, कास्की

अबैध नदिजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टर नियन्त्रणमा-जिप्रका, कास्की

परिबर्तन न्युज
२८ माघ २०८० बजे
परिबर्तन न्युज
२८ माघ २०८०

माघ २८, पोखरा

अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने २ वटा सवारी साधन लामाचौरबाट खट्टि गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Advertisement:Ad

आज बिहान अन्दाजी १०:१५ बजेको समयमा अवैध रुपमा नदि जन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) चोरी निकासी गररिहेको भन्ने सूचनाको आधारमा CRV लामाचौरबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १६ स्थित अबैध रुपमा नदिजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा ओसारपसार गरी रहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

ग१ ख ८५८६ नम्बरको मिनि टिप्पर र बा २ ख ३०४६ नम्बरको टिप्परलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एंव कारवाहीको लागी अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरा र आन्तरिक राजश्व कार्यालय पोखरा पठाइएको सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिनुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज