ट्रकको ठक्करबाट सत्तरी बर्षिय जेष्ठ नागरिकको ज्यान गयो

ट्रकको ठक्करबाट सत्तरी बर्षिय जेष्ठ नागरिकको ज्यान गयो

परिबर्तन न्युज
२४ जेष्ठ २०८१ बजे
परिबर्तन न्युज
२४ जेष्ठ २०८१

जेठ २४, पोखरा

अन्नपूर्ण गाउँपालिका वडा नंं १ नौडाँडामा ट्रकको ठक्करबाट एक पैदलयात्री वृद्धको ज्यान गएको छ ।

Advertisement:Ad

दिउँसो करिब १ः५० बजे नौडाँडामा ग १ क २६२५ नं. को ट्रकले समान अनलोड गरी ब्याक गर्ने क्रममा स्पैथानीय दल यात्री ७० वर्षीय दुर्गा प्रसाद दाहाललाई ठक्कर दिएको कास्की प्रहरीले जनाएको छ ।

ठक्कर दिएपछि गम्भीर घाइते भइ उपचारको लागि मेट्रोसिटी अस्पताल पठाइएको  करिब एक घण्टापछि उपचारको क्रममा चिकित्सकद्वारा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिनुभएको थियो।

प्रहरी चौकि नौडाँडा तथा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिइ गएको प्रहरी टोलीले ट्रक र ट्रक चालक वर्ष ३५ को लेख बहादुर श्रेष्ठलाई वडा प्रहरी कार्यालय बगरको नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज