Worldlink Communications

फेवा क्षेत्रलाइ संरक्षित फेवा जलाधार क्षेत्रको रुपमा मा घोषणा

कार्तिक ४,पोखरा

फेवातालसंसारको सुन्दरतम तालहरु मध्ये १३ औं नेपालको दोस्रो ठूलो कास्कीको पहिलो ठूलो ताल हो यसको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय महत्वका कारण सिमसार दिवसको अवसरमा मितिः२०७२-१०-१९ मा रामसार सूचीमा सूचीकृत भएको छ ।

रामसार सूचीमा सूचीकृत हुनु भनेको भनेको सरकारले फेवा तालको संरक्षण एवं व्यवस्थापन गर्दै दिगो रुपमा जैविक विविधता राखी राख्ने प्रतिबद्धता हो फेवातालको दिगो संरक्षण एवम् व्यवस्थापनको लागि फेवाताल एवम् यसको जलाधार क्षेत्रको एकीकृत रुपमा व्यवस्थापन गर्न आवश्यक हुन्छ।

फेवातालको ड्याम लाइ भागको पानी निकास बिन्दु मान्दा फेवा जलाधारको जम्मा क्षेत्रफल करिब १२३ वर्गकिमि रहेको छ फेवा जलाधार क्षेत्र पोखरा महानगरपालिका का  वडा हरु ३, ५, ६, ७, १७,१८, २३ र २४ मा बसोबास गर्ने एक लाख २३ हजार ८ सय ६४ जनसंख्या छ।

अन्नपूर्ण गाउँपालिका १,२,३, र 4४ नम्बर वडाहरुमा बसोबास गर्ने गरिब ९ हजार ८०० जनसंख्या बस्ती थान्को रुपमा रहेको छ यसरी हेर्दा फेवा जलाधार क्षेत्रमा बसोबास गर्ने जम्मा मानव जनसंख्या १ लाख ३३ हजार ६६७ रहेको छ ।

प्रमुख खोलाको रुपमा रहेको हर्पन र अधेरि खहरे फेवातालको पानीको प्रमुख स्रोत को ७०%  रहेको छ ।यसको प्रवाहकाे करिब ३३ प्रतिशत खानेपानी तथा सिंचाईको लागि प्रयोग गरिन्छ।

जलाधार क्षेत्रमा सबभन्दा बढी वर्षा हुने कारणले धेरै पहिरो जाने गर्छ यस क्षेत्रको भूबनोट खुकुलो भएको कारण बर्सेनि हर्पन खोला अधेरी खोला र यसका सायक कुराहरुबाट बगाएर ल्याउने ढुंगामाटो लगायतका पदार्थहरुले फेवतालको कैदी गरेको छ संरक्षण सोच बिनाको अवस्था अवस्थित विकास निर्माणको कार्यबाट बाडी पहिरो गको बन्नकै केन्द्रीकरण अवस्था विकराल हुँदा ठूलो तालको आयु दिनानुदिन सकिँदै गएको छ विभिन्न अध्ययनहरुले  त्यहाको तालको क्षेत्रफल गर्दै गएको देखाउँछन ।

फेवाताल को घट्दो क्षेत्रफल १९५६/ ५७ मा १० वर्गकिलोमिटर भएको फेवताल २०१३ सम्म आइपुग्दा ४ वर्गकिलो मिटरमा खुम्चिएको छ भने आजको मितिसम्म ३.५ किलोमिटर मा  खुम्चिएको छ।

फेवातालको संरक्षणका लागि समयसमयमा विभिन्न संस्थाहरूबाट फेवाताल तथा यसको जलाधार क्षेत्रको संरक्षणका लागि विभिन्न प्रयास सुरु हुँदै आएका छन् तर यि सबै निरर्थक हुँदै गएको विषयहरु गम्भीरताका साथ बुझ्न आवश्यकता छ ।

यसै विषयलाई आधार मानेर जलाधार व्यवस्थापन केन्द्र गण्डकी कास्की का प्रमुख रामसिंह थापा ले हामिलाइ बताउनुभयो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: