Worldlink Communications

संघीय संसद खगराज अधिकारीले भन्नुहुन्छ जनताको निम्ति नराम्रो गरेको भए झुन्डिएर मर्छु

पोखरा

प्रकाश अधिकारी

नेकपाका नेता एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले आफूहरुले जति राम्रो काम गरेपनि पत्रकारहरुले त्यसको कुनै प्रशंसा नगरेको बरु उल्टै प्रतिपक्ष मानसिकता बोकी कामै नगरेको  भनी अरूको प्रशंसा गर्न उद्धत रहेको बताय। संघीय सांसद समेत रहेका नेताअधिकारीले आइतबार आफू निर्वाचित कास्की क्षेत्र नम्बर  एक माआर्थिक वर्ष 2077/78 स्थानीय पूर्वाधार विकास साझेदारीअन्तर्गत छनौट भएका योजना र विनियोजित बजेट र्सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो टिप्पणी गरेका हुन् ।

विगतको संसदीय प्रणालीमा संसद हरुले जिल्ला समन्वय मा बसि जुनसुकै बजेट भएपनि यो बजेट खाजा खाइयो नास्ता खाइयो भनेर बिल पेस गर्दा पनि पास भएको हुनेगरेको  प्रमाणहरू आज जिल्ला समन्वयमा पनि देख्न सकिन्छ हामीले त्यस्तो ‍‍काम गरेका  छैनौं र गर्दा पनि गर्दैन यदि तपाईं त्यस्तो भेटाउनु भयो भने  मलाई सप्रमाण भन्नुस् झुन्डिएर मर्न तयार छु भन्नुभयो त्यसो त म प्रष्टसँग भन्छु गरिवसँग विशेश्वर कार्यक्रममा कार्यकर्ता पाल्ने कार्यक्रम हो  तपाईंहरुले यसको बारेमा  कहिँ कतैकहि  खोजी गर्नु भएको छ ?भन्दै आक्रोस पोख्नु भयो यदि हामीले कहिँकतै कुनैपनि बहानामा  कार्यकर्ता पाल्ने काम गरेका  छौं भने स-प्रमाण आउनुहोस् भने।

त्यस्तै गरी सोही कार्यक्रममा गण्डकी प्रदेश सभासद दिपक कोइरालाले  पनि आफ्नो क्षेत्रमा छनोट भएका  विकास योजनाहरु सार्वजनिक  गरेका थिए सो क्षेत्रमा 25 वटा योजना छनौट गरिएको जानकारी दिएका दिपक कोइरालाले उत्पादनमुखी कार्यमा यो बजेट समावेश हुनुपर्नेमा बढी जोड दिनुपर्ने बताए का थिए ।

त्यस्तै गण्डकी प्रदेश सभासद  मनबहादुर गुरुङले  विभिन्न कठिनाईहरु भएको हुनाले आफूआफ्नो क्षेत्रमा जान नसकेको कुरा बताउँदै आफ्नो कमजोरी स्वीकार गरेको बोलिरहँदा कार्यक्रममा  सबै चुपचाप  सुनिरहेका  पत्रकारहरु अझै चुप चाप बसिरहेका देखिन्थे  भने  जिल्ला समन्वय समितिका अध्यक्षता मा बसेको सो कार्यक्रम  बेनॆ बहादुर अधिकारी ले अन्त गर्नु भएकोथियो ।

प्रतिक्रिया दिनुहोस्: