Top Header Ad 1

तीज मनाएनन अकला आमा समूहले: बने बाढीपीडितको सहारा गरे सहयोग ४५ हजार ५ रुपैयाँ

तीज मनाएनन अकला आमा समूहले: बने बाढीपीडितको सहारा गरे सहयोग ४५ हजार ५ रुपैयाँ

परिबर्तन न्युज
१९ भाद्र २०८३ बजे
परिबर्तन न्युज
१९ भाद्र २०८३

भाद्र १९, पोखरा

पोखरा महानगरपालिका-१९ लामाचौरस्थित महिला समाज कल्याण आमा समूह अकलाले यस वर्षको तीज कार्यक्रम स्थगित गर्दै बाढी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ४५ हजार ५ रुपैयाँ सहयोग गरेको छ।

समूहले तीज कार्यक्रम सञ्चालनका लागि छुट्याइएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। भोटेकोशी नदीसहित देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भइरहेका बेला मनोरञ्जनका कार्यक्रमभन्दा मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले उक्त निर्णय गरिएको समूहले स्पष्ट पारेको छ।

Advertisement:Ad

समूहकी अध्यक्ष विना खनाल गौतमले विपद्को यस कठिन परिस्थितिमा प्रत्येक नागरिकले आफ्नो स्थानबाट सहयोगको अभियान सुरु गर्नुपर्ने बताउनुभयो। उहाले “मानवताभन्दा ठूलो मनोरञ्जन हुन सक्दैन” भन्ने भावनाका साथ तीज कार्यक्रम नगरी त्यसका लागि छुट्याइएको रकम राहत कोषमा प्रदान गरिएको जानकारी दिनुभयो।

आमा समूहले बाढी तथा विपद्ब बाट प्रभावित नागरिकको उद्धार, राहत वितरण र पुनःस्थापनाका लागि सहयोग गरिरहेका सम्पूर्ण सहयोगी मनहरूप्रति आभार व्यक्त गर्दै विपद्को घडीमा एकताबद्ध भई सहयोग गर्न सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज