रमेश प्रसार्ई कालीकोटकी समाजसेवी नन्दा सिंहसंग वैवाहिक सम्बन्धमा

रमेश प्रसार्ई कालीकोटकी समाजसेवी नन्दा सिंहसंग वैवाहिक सम्बन्धमा

परिबर्तन न्युज
२३ मंसिर २०७७ बजे
परिबर्तन न्युज
२३ मंसिर २०७७

काठमाडौं ।  

Advertisement:Ad
Advertisement:Ad

प्रष्टवक्ताका धनी तथा चर्चित गायक रमेश प्रसार्ई कालीकोटकी समाजसेवी नन्दा सिंहसंग वैवाहिक सम्बन्धमा आज बाँधिएका छन् ।

रमेश तथा नन्दाले आज धरानमा विवाह गरेका हुन उनीहरूको विगत ३ वर्षदेखि प्रेम सम्बन्धलाई औपचारिक रुपले बिबाह बन्धनमा गाँसिएका हुन् । उनीहरुको विवाहमा नजिकका आफन्त तथा केही सञ्चारकर्मीको मात्र सहभागिता थियो भने चर्चित लोकदोहोरीमा साथदिने हरूकोपनि उपस्थिति देखिन्थ्यो।

Advertisement:Ad
Advertisement:Ad

रमेश प्रसाई स्पष्ट वक्ताका साथै उनले क्यारिकेचर पनि राम्रो गर्छन् । अहिले उनले गाएको गीत ‘रिंकेबुङको राँगो’ अहिले निक्कै चर्चामा छ । यो गीत विभिन्न सामाजिक सञ्जाल तथा टिकटकमा भाइरल भइरहेको छ । 

यसबाहेक उनी विभिन्न समसामयिक विषयहरुमा आफ्नो धारणा राख्ने क्रममा निकै चर्चामा आउने गरेका उनी राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा  आफ्नो छवि बढाउँदै लगेका उनीलाई सबैले प्रस्ट वक्ता भनेर चिन्ने गर्छन्।

 उनकी जीवनसंगिनी  नन्दाले स्नातक तहसम्म अध्ययन गरेकी छन नन्दाले काठमाडौंमा ‘अन्तर दृष्टि नेपाल’ बाल आश्रम सञ्चालन गर्दै आएको बालआश्रममा हाल १२ जना बालबालिका रहेका छन् । 

हामीपनि रमेश र  बन्दाको  उज्ज्वल भविष्यको कामना गर्दै उत्तर उत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दछौं ।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज