Worldlink Communications

राज्यको लापरबाही ले आज फेरी एउटा कान्तिकारी ढल्यो

                                                    

प्रकाश अधिकारी

पोखराबाट

म्याग्दी जिल्ला मालिका गाउँपालिका वाड नम्बर 3 अडिमारा मा बस्ने जगेन्द्रबहादुर पुनलाई  संघीय गणतान्त्रिक सरकारले  हुँदा नहुँदा जालसचिका मुद्धा लगाउदै छाड्दै फेरि पक्राउ गर्दै अन्तत उहाँको ज्यान लिई  छाड्यो /

माओवादी द्वन्द्वकाल देखि नै आस्थाका बन्दी जगेन्द्र बहादुर पुनले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भैसक्दा पनि देशमा जनताको निम्ति शासन नआएको भन्दै आफ्नो सैद्धान्तिक निष्ठालाई जीवन्त राख्दै जनताको पक्षमा लडीरहँदा लोकतान्त्रिक सरकारले उहाँलाई विगतदेखि नै पक्राउगर्दै छाड्दै आएको भएपनि अदालतको न्याय निसाफले उहाँलाइ छोड्छ तर निस्कदै गर्दा सरकारले फेरी पक्रन्छ यो देख्दा सबै अचम्म परेको थिय /

 

 समय र परिवेश संगै काम गर्ने दौडान मा पार्टीले  जग इन्द्रबहादुर पुनलाइ आफ्नो गाउँमै बसेर भएपनि जन सरकार प्रमुख भएर काम गर्ने जिम्मा लगायको कुरा यो सरकारलाई पचेको थिएन उहाँलाई सुरुमा 2076 साल फागुन 9 गते घरमा सुतिरहेको बेलामा राति करिब 10/11 बजेको समयमा नेपाल सरकारका सुरक्षाकर्मीहरुले घरै बाट पक्राउ गरेर म्याग्दी प्रहरी कारागारमा लगेका थिए उहाँलाई किन लगियो के आरोपमा पक्राउ गरियो भन्ने सवालमा विभिन्न किसिमका संघसंस्था र राष्ट्रिय मानवअधिकार आयोग नागरिक समाज ह्युमन राइटस जस्ता संस्थाहरुले सोधपुछ  गर्दा उहाँलाई कहिले अभद्र व्यवहारको मुद्दा लगाइएको थियो भने कसैले पत्याउनै नसकिने मुद्दा चलाइएको भन्ने आरोप हरुको पिरलेगर्दा  उहाकी धर्मपत्नी गंगा पुन को आज भन्दा ठिक दुइ महिना अगाडी  उपचारको क्रममा गण्डकी अस्पतालमा नै मृतु भयको थियो /

 

माथिका विषयहरु जेजस्तो भएपनि पञ्चायतको काल कठोर कालरात्रि 2046 सालको परिवर्तनसँगै दशबर्षे जनयुद्ध लडेर ल्याएको यो शासन व्यवस्थाले सामान्य अभियोग  लगाउँदै आफ्नो कब्जामा लिने पक्राउ गर्न आउने अभद्र किसिमका व्यवहारहरु राज्यबाट अझै पनि नहटि विद्यमान रहेको यो परिवेशमा आज त्यसको शिकार बन्नुभएको छ जगेन्द्र बहादुर पुन म्याग्दी अदालतबाट छुट्ने बित्तिकै  सरकारले उहाँलाई हिरासतमा लिएको थियो त्यसपछि उहाँलाई पर्बत  जिल्लामा 2070 कात्तिक पाँचमा उहाँलाई पर्वत कारागारमा ल्याइयो थीयोसमाचार सुत्र क अनुसार  त्यतिबेला उहाँ बिरामी हुनुहुन्थ्यो यहाँबाट उपचार गर्नको लागि भनेर पोखरा सारिएको भय पनि  उहाँले राम्रोसँग उपचार नपाउनु भएको कारणले नै  मृत्यु भएको भन्नुहुन्छ उहाँका छोरा हरु तेजेन्द्र पुन  र बिनोद पुन /

 

पटक-पटक अदालतबाट छोड्दा  आर्थिक रुपले विपन्न जगेन्द्र बहादुर पुनको परिवारले आफ्नो अलिकति भएको जग्गा  अदालतको सिफारिसमा मालपोतमा धितो राखेर निस्केको तितो वास्तविकता बताउनुहुन्छ आज भावनाले मात्र होइन राज्यले कमजोरआम्दनी भएका परिवारहरुलाई राहत् दिने कार्यक्रम ल्यायको  भएपनि आज हाम्रो दाजुलाइ मार्नकै लागि  औषधि उपचार नगयर यो अवस्था सम्म पुर्याएर पोखरामा ल्याएर यो सरकार ले मार्यो भनेर आरोप लगाउनु हुन्छ उहाँकि बहिनि  भीमसरापुन /

वास्तवमा म भन्ने हो भने उहाँलाई विप्लव समूहको भनेर आरोप लगाइन्छ तर यी आरोपहरुआरोप  मात्र भएको कुरा उहाँका छोराहरुले बताउनुहुन्छ यदि साँच्चै नै हाम्रो बुवा दाई विप्लवमा लाग्नुभएको नै थियो भने किन घरमा बस्नुहुन्थ्यो ? मेरो बुवा हाम्रो दाजु निर्दोष हुनुहुन्छ निर्दोष व्यक्तिलाई विभिन्न बहानामा आरोप लगाएर मारियो त्यो आरोप सहन नसकेर मेरो आमा पनि दुई महिनाअगाडि बित्नुभयो भनेर आफ्नो दुख पोख्दै सत्यतथ्य पत्ता लगाई वास्तविकता त के हो भन्ने  कुरो पत्ता नलगाय सम्म मेरो बुवाको पार्थिब सरिर नउठाउने प्रण गर्नुभएको भने अर्को तिर बिप्लभ समूहले आफ्नो कार्यकर्ता लाइ मारेको भन्दै धौलागिरी बन्द भनेर घोषणा गरेको छ भने लगत्तै गण्डकी प्रदेश पनि बन्द गर्ने प्रेस बिग्ज्ञप्ति आइसकेको जानकारी आएको छ यस्ता विषयहरुले गम्भीर मोड लिने भएकोले राज्यले पनि सोचेर पाइला अगाडि बढाउदा राम्रो हुन्छ जसले गर्दा आगामी दिनमा जनताहरुले अनावश्यक दुःख पाउन नपरोस् दोषीले सजायपाउनुपर्छ निर्दोषी ले न्याय पाउनुपर्छ।

                                                    

 

 

 

प्रतिक्रिया दिनुहोस्: