Worldlink Communications

पोखरामा बन्दकर्ताको बाक्लो उपस्थिति

पोखरा 

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षले आज नेपाल बन्दको आह्वान गर्यो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले  संवैधानिक निकायहरुमाअसंवैधानिक तरिकाले विभिन्न नियुक्ति पश्चात् सपथ ग्रहण गराएका लगायतका विभिन्न कारणले नेपाल बन्दको घोषणा गरेको जनाएको छ ।

नेपाल बन्दका क्रममा आज पोखरामा केही मात्रामा प्रभाव परेको छ ।सार्वजनिक गाडीहरु चलेका छैनन् । विद्यालय, उद्योग, कलकारखाना, बजार, पसल लगायत सबै बन्द छन् । तर अत्यावश्यक प्रेस, दूघ तथा पानी बोक्ने गाडी तथा एम्बुलेन्सहरु भने निर्वाध रुपमा चलेका छन् । केही निजी मोटरसाइकल तथा कारहरु चलेको भए पनि नेपाल बन्दलाई सफल पार्न पोखराका मुख्य चोकहरुमा बसेका बन्दकर्ताले बीच बाटोबाट नै फर्काएका देखिन्छ ।पोखराको मुख्यचोकहरु अमरसिंहचोक, पृथ्वीचोक, महेन्द्रपुल लगायतका स्थानमा नेकपा प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ ।बन्दकर्ताले अत्यावश्यक कामका लागि निस्किएका बाहेकलाई  बीच बाटोबाट नै फर्काइदिएका छन् । बन्द सफल बनाउन भन्दै कार्यकताहरुले पोखराको महेन्द्रपुलमा केही समय प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत गरेका थिए ।

पोखरामा सार्वजनिक गाडीहरु चलेका छैनन् । विद्यालय, उद्योग, कलकारखाना, बजार, पसल लगायत सबै बन्द छन् । तर अत्यावश्यक प्रेस, दूघ तथा पानी बोक्ने गाडी तथा एम्बुलेन्सहरु भने निर्वाध रुपमा चलेका छन् । केही निजी मोटरसाइकल तथा कारहरु चलेको भए पनि नेपाल बन्दलाई सफल पार्न पोखराका मुख्य चोकहरुमा बसेका बन्दकर्ताले बीच बाटोबाट नै फर्काएका देखिन्छ।

पोखराको मुख्यचोकहरु अमरसिंहचोक, पृथ्वीचोक, महेन्द्रपुल लगायतका स्थानमा नेकपा प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ । पोखराका अन्य चोकमा भन्दा पृथ्वीचोक तथा महेन्द्रपुलमा बन्दकर्ताले केही कडाई गरेका छन् ।

अत्यावश्यक कामका लागि निस्किएका बाहेकलाई बन्दकर्ताले बीच बाटोबाट नै फर्काइदिएका छन् । महेन्द्रपुलमा केही समय अगाडि सवारीसाधन चलाएको भन्दै एक जना सर्वासधारणलाई फर्काउने क्रममा झडप समेत भएको थियो । बन्द सफल बनाउन भन्दै कार्यकताहरुले पोखराको महेन्द्रपुलमा केही समय प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: