Worldlink Communications

दलित महिला वार्ड सदस्य हरु को क्षमता अभिवृद्धि सम्बन्धी अभिमुखीकरण कार्यक्रम


पोखरा जेष्ठ २८

कृषि पर्यटन जलस्रोत उद्योग र पूर्वाधार समन्वय सहकारी सहितको दिगो विकास समृद्ध कास्कीको मूल आधार भन्ने नाराको साथ शुभारम्भ गरिएको स्थानीय तहका दलित महिला वार्ड सदस्य हरु को क्षमता अभिवृद्धि सम्बन्धी अभिमुखीकरण कार्यक्रमको अध्यक्षता  जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैन बहादुर क्षेत्रीले अधिकारीले गर्नुभएको थियो भने सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख सिता कुमारी पौडेल अतिथिहरुमा प्रमुख जिल्ला अधिकारी स्थानेस्वर गौतम,पूर्व इन्जिनियरिङ कलेजका डीन प्रमुख भरतराज पहारी लगायतका हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चालन जिल्ला समन्वय अधिकारी नब बरालले गर्नुभएको थियो । राष्ट्रिय गितको प्रस्तुतिबाट सुरु भएको सो कार्यक्रम मा प्रशिक्षण दिनको लागि चार जना प्रशिक्षक आमन्तर्ण गरि कार्यक्रम सुभारम्भ गर्नु भयको  थियो।

स्वागत मन्तव्य जिल्ला समन्वय समितिका उपाध्यक्ष शान्ति तिवारीले गर्नुभएको सो समय मा तालिम लिइसकेपछि सबैको सोचमा परिबर्तन जिबन मा  दायित्व बढेर आउनुपर्छ मानवीयता उजगार हुनुपर्छ हामी जुन उद्देश्यले यो कार्यक्रम उपस्थित भएका छौं त्यसलाई भब्य र सब्य रुपले मनमस्तिष्कमा राखेर खरो रुप मा नै  व्यवहारमा उतार्नु पर्छ र उतर्नु पर्छ भन्दै  यस कार्यक्रममा उपस्थित सम्पूर्ण हाम्रो निमन्त्रणा लाई स्वीकारेर आउनु भयका सम्पूर्ण पाउनाहरु लाइ स्वागत गर्दै बिदा हुनु भयको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश प्रमुख सीता कुमारी पौडेलले गमलामा पानी राखेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । राष्ट्रसेवा कर्मचारीहरूको तर्फबाट शुभकामना मन्तब्य व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सबैले आफ्नो ठाउँबाट जिम्मेवारीपूर्ण तरिकाले काम गर्नुपर्ने र सबैलाई समान किसिमले सोचिनु पर्ने हुन्छ देख्नुपर्ने हुन्छ भयो  ।

आजको कार्यक्रमका प्रमुख अथिति प्रदेश प्रमुख सीता कुमारी पौडेलले शासकीय प्रणाली नियमसँगत कानुन सँगत तरिकाले सबै मिलाएर लैजान सकियो भने सबै समस्या हरु सुल्झदै जानेछन् भन्नुभयो उहाले मानव मानवबीच रहेको सामाजिक कुरीति को रुपमा रहेको जातीय विभेदलाई संसद्ले २०६३ जेठ २१ बाट नै नेपालबाट छुवाछूत मुक्तराष्ट्र घोषणा भयको स्मरण गराउँदै २०६८ मा जातीय भेदभाव तथा छुवाछुत कसूर र सजायँ ऐन बनेको बताउनु भयो ।  सदियौ बाट बहिस्करणमा पारिएको दलित समुदायको उत्थानका लागि जनप्रतिनिधिले वडा तथा पालिकामा नीति कार्यक्रम योजना तर्जुमा गर्दा यथोचित सहभागिता हुन आवश्यक रहेको बताउनु भयो ।   त्यस्तैगरी कार्यक्रमका अध्यक्षता गरिरहनुभएका बैन बहादुर अधिकारीले आजको कार्यक्रमको बारेमा प्रष्ट पार्दै  यो पहिलो सत्र लाई यहीं समाप्त भयको घोसणा गर्दै  दोस्रो सत्रमा प्रवेश गर्ने कार्यक्रम प्रस्तुत गर्नको लागि हरेक व्यक्तिहरु आफैं सक्षम हुनुपर्ने उहाँहरूको क्षमता अभिवृद्धि गर्न बाँकी रहेका नयाँनयाँ किसिमका ब्यबहारिक कार्यक्रमहरु ल्याउनमा सहयोग गर्नुहुनेछ भन्ने अनुरोध गर्दै प्रशिक्षक भरतराज पहारीले स्थानीय तहमा समावेशी प्रतिनिधिहरूको औचित्यता जनप्रतिनिधीको भुमिका विषयमा प्रशिक्षित गराउनुभएको थियो यही विषयमा रहेर समावेशिताको बारेमा लामो व्याख्या गर्नुभयो भने दिगो विकास र अमानवीय सामाजिक विकासको अन्तर बिसय मा सबनम शिवाकोटीले आफ्नो प्रशिक्षण दिनुभएको थियो ।

त्यस्तै गरेर भौतिक पूर्वाधार विकास र प्रभावकारी अनुगमन विषयमा डाक्टर कृष्णप्रसाद अधिकारीले परीक्षण दिनुभएको थियो भने सकरात्मक सोच भन्ने विषयमा सुष्मा पौडेलले सारै मिठो सरल तरिकाले कार्यक्रम सक्नुभएको थियो ।

-प्रकाश अधिकारी

 

प्रतिक्रिया दिनुहोस्: