Worldlink Communications

रिलायन्स लाइफइन्स्योरेन्स लिमिटेड पोखराद्द्वारा १५ लाख ७५ हजार मृत्युदाबी भुक्तानी हस्तान्तरण

पोखरा, श्रावण २२

नेपाल को परिबेस मा  बिमा  गर्नु जति सजिलो छ कथमकदाचित बिमितलाई केही भयमा बिमा रकम लिन धेरै गार्यो  छ भन्ने हरुको माझमा  रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १५ लाख ७५ हजार मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ।पोखरा महानगरपालिका बस्ने ३२ बर्स का रामकृष्ण भुजेलको मृत्यु पश्चात् कम्पनीको नियम अनुरुप सो दावी भुक्तानी रकम बिमितले  इच्छाइएको व्यक्तिको धर्मपत्नी श्रीमती सरु भुजेललाई हस्तान्तरण गरेको छ।

पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले  बिमा रकम हस्तान्तरण गदै अभिभावक नभएका बालबालिका लाइ वडाले पनि संरक्षण गर्दै त्यस किसिमका बालकालिकालाइ निशुल्क पढाउने व्यवस्था गरेको बताउनु भयो।

जनप्रतिनिधि  धर्मबहादुर बस्नेत, रिलाएन्स कम्पनी गण्डकीका  प्रदेश प्रमुख चिरञ्जीवी पौडेल, समाजसेवी दुर्गालाल पण्डित, एजेन्सी म्यानेजर बुद्धराज मल्ल, आदर्श पोख्रेल र मृतक भुजेलको श्रीमती सरु भुजेल लगायतले बोल्नु भयको सो कार्यक्रम मा लेखनाथ साखाका एजेन्सी मेनेजर हरि बहदुर लामिछने,दिपक गुरुङ को उपस्थित थियो भने  कार्यक्रमको संचालन लेखनाथ साखाका शाखा प्रमुख नारायण सापकोटा ले भब्य र सब्य तरिकाले  संचालन गर्नुभएको थियो ।

रामकृष्ण भुजेलको चैत ११ गते दासढुङ्गामा सवारी दुर्घटनामा परि मुत्यु भएको थियो । गत असोजमा भुजेलले छोराको बिमा गराउनु भयको थियो  । बिमा को नियम अनुसार आगामी प्रत्येक महिनामा मासिक  १५ हजार छोरालाई खर्च कम्पनीले दिने छ । मासिक  अबधि १४ वर्षमा सकिनेछ । १४ वर्ष पुगेपछी  पुन मृतकका परिवारले १५ लाख प्लस बोनस पाउने छन् ।

-प्रकाश अधिकरी

प्रतिक्रिया दिनुहोस्: