Worldlink Communications

पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको एमाले सुरुदेखि नै आक्रामक प्रतिपक्षीको भूमिकामा

श्रावण ३२ , पोखरा

गण्डकी प्रदेश सरकारको नेतृत्व गरेको नेकपा एमाले अहिले  प्रतिपक्षमा पुगेको तीन महिना पुगेको छ ।एमाले बाहेकका सबै दललाई मिलाएर नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेल जेठ २९ मा मुख्यमन्त्री बन्नु भएको हो । पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको एमालेले यो सरकारको रबैया देखेर आक्रामक प्रतिपक्षी भूमिका खेल्नु पर्ने बाध्यता बनायको बताउनु भयो  ।

प्रतिपक्ष एमालेले अहिलेसम्म २ पटक मुख्यमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराइसकेको छ । बजेटमाथि छलफलका क्रममा पटकपटक प्रदेशसभा बैठक अवरुद्ध गरेको एमालेले अब पनि सरकार नसच्चिए सदन चल्न नदिने चेतावनी समेत  दिएको छ ।सरकारले विभेदकारी बजेट ल्याएको र असार २७ गते श्वेतपत्रका नाममा झुट र आरोप पत्र ल्याएको भन्दै  एमालेले १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो । कांग्रेस नेतृत्वको सरकारले टेन्डरमा गइसकेका पुराना योजनालाई पनि कटौती गरेको, कम दायित्व ग्रहण गरेको, रकमान्तर गरेर कार्यकर्ता पोस्ने काम गरेको जस्ता आरोप लगाउँदै एमालेले एकातिर संसद अवरुद्ध गरिरहेको थियो छ भने अर्को  तर्फ सरकारलाई लिखित रुपमै ध्यानाकर्षण गराएको छ  ।

बजेट नसच्याएसम्म संसद अवरुद्ध गर्ने उद्घोषसहित सदन चल्न नदिएको एमालेसामु  सरकार  को जोर नचलेपछि मार्सल लगाएरै भएपनि असार ३० गते बजेट पास भएको थियो ।त्यसअघि आर्थिक वर्षको अन्तिम महिना मध्य असारमा जिल्ला सभापतिहरुसँग योजना सहित आफ्ना सांसदहरु मार्फत ठूलो रकम रकामान्तर गरेको भन्दै एमालेले संसद अवरुद्ध गरेको थिए ।

रकमान्तरको विषयमा अध्ययन, अनुगमन गर्न एमाले सांसद तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतको संयोजकत्वमा समिति बनाइएर अगाडी बढेको समितिले अध्ययन गरेर प्रतिवेदन बुझाउने भनिए पनि बजेट विभेदकारी रहेको र अघिल्लो सरकारको राम्रा योजना पनि काटिएको एमालेको आरोप थियो ।बजेट पारित भएपछि स्थगित भएको प्रदेशसभा अधिवेशन बोलाउन तयारी हुँदै गर्दा एमालेले फेरि लिखित रुपमै सरकारको ध्यानाकर्षण मात्र गराएन, संसद चल्न नदिने चेतावनी दिएको पूर्व मुख्यमन्त्री गुरुङ भन्नु हुन्छ  सबै कुराको नीतिनियम मैले बसिलिदिएको छु र पनि  काम गर्न नसक्नु र २ नम्बरी गर्न खोज्नु दुखद कुरा  हो । हामी कुनै पनि हालतमा मनपरी हुन दिन्नौं । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, भौतिक पूर्वाधारमन्त्री कुमार खड्का, अर्थमन्त्री रामजी बरालको ध्यानाकर्षण गराउँदै गुरुङले दायाँ बायाँ नगर्न चेतावनी दिएका छन् ।आफ्नो नेतृत्वको सरकारमा भएको माओवादी केन्द्र अहिलेको सरकारमा पनि रहेको भन्दै उनले पुरानो कार्यक्रमको अपनत्व  लिन माओवादी मन्त्रीलाई आग्रह गरेका छन् ।

हिजोको सरकारका योजना भत्काए भनेर नसोच्न उनले आग्रह गरे । तत्कालका लागि चाहिने नीति, नियम, कर्मचारी, कार्यालय, मन्त्रालय लगायतका विभिन्न संरचनाको जग बसालेर सहज अवस्थामा पाएको सत्ताको सदुपयोग नगर्न पनि कांग्रेस नेतृत्वको सरकारलाइ    गुरुङले चेतावनी दिनुभयो ।आफूले प्रदेशलाई बलियो बनाउन धेरै पटक संघसँग लडेको स्मरण गर्दै पूर्व मुख्यमन्त्री गुरुङले अहिलेको सरकारलाई त्यस्तो दुख नरहेको बताउनु भयो  ।

चौरासी व्यञ्जन खानलाई भान्छामा बसेको एउटा मान्छेजस्तो भएर उहाँहरु बस्नु भएको छ मुख्यमन्त्री गुरुङले हामीसंग बताउनु भयो  सबै राम्रो  भएको बेलामा उहाँहरु सरकारमा आइपुग्नु भयको हुनाले जनता लाइ परिणाम दिन थाल्नुपर्ने मा कुहिरो को काग हुनुभाको बताउनु भयो ।

त्यसो ता मुख्यमन्त्री पोखरेलले यी सबै को जवाफमा प्रतिपक्ष ले उठाएको विषयलाइ अधिकांश बजेटले समेटेको बताउनु भयो भने केहि बिसय बजेटकै अभावमा समेट्न नसकिएको भए क्षमा दिनुपर्ने सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताउनु भयो  । मुख्यमन्त्रीको अनुभव पनि हामीलाई चाहिन्छ । मुख्यमन्त्रीको अनुभब,ग्यान, शिप , प्रस्तुति र समस्या समाधानका हिसाबले पनि अरुभन्दा सहज हुनुहुन्छ  भन्ने भयरनै धेरै विषयमा पूर्व मुख्यमन्त्रीसँग सल्लाह भएअनुसार नै सहकार्य गरेरै अगाडि बढ्ने बताउनु भयो ।

-प्रकास अधिकारी

प्रतिक्रिया दिनुहोस्: