Worldlink Communications

प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद विस्तार

असोज २२,काठमाडौं

गठबन्धनका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्नु भयो । शुक्रबार देउवाले मन्त्रिपरिषद विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाउनु भयको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार चार वटै पार्टी बाट मन्त्री नियुक्त गरेर प्रधानमन्त्रीले राष्ट्रपति कार्यलय मा पठाउनु भयको हो । देउवाले राष्ट्रपतिलाइ पठाएको सिफारिस अनुसार चारै दलबाट मन्त्री हरुको कार्य विभाजन पनि गरिएको छ। देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाल,स्वास्थ्य  राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा तान्नु भयो ।

काङ्ग्रेस बाट ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि, दिलेन्द्र बडुलाई कानुन न्याय तथा संसदीय मामिला, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन्। यसअघि कानुनमन्त्री रहेका कार्कीले सञ्चारको जिम्मेवारी दिएका हुन्। उनी कानुनमन्त्रीका रुपमै सरकारको प्रवक्ता समेत थिए। कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्रमन्त्री भइसकेका छन्।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) बाट रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रामसहाय यादव वन तथा वातावरणमन्त्री र प्रमोद साह कृषि तथा पशुपन्छी विकासमन्त्री नियुक्त भएका छन्। त्यस्तै गरि प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेललाई शिक्षा विज्ञान तथा प्रविधि, शशि श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिनु भयको छ ।

नेकपा (एकिकृत समाजबादी) का तर्फवाट सरकारमा प्रतिनिधित्व गर्नुहुने स्वास्थ्य तथा जनसंख्या मन्त्री मा. बिरोध खतिवडा, शहरी विकास मन्त्री मा. रामकुमारी झाक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री मा. कृष्णकुमार श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मा. प्रेम आले र स्वास्थ्य तथा जनसंख्य राज्यमन्त्री मा. भवानीप्रसाद खापुङ लगायत नवनियुक्त मन्त्री तथा राज्यमन्त्री नियुक्त हुनुभएको छ ।

– प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: