Worldlink Communications

भोलिदेखि जनगणना सुरु हुँदै,लिम्पियाधुराको जनगणना अनुमानका आधारमा

कार्तिक २५ ,पोखरा

हरेक १० वर्षमा सञ्चालन सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलाको मुख्य गणना कार्य भोलि कात्तिक २५ गतेबाट सुरु हुँदैछ । जनगणनाका लागि घरघरमा पुग्ने गणकले ८० वटा प्रश्न सोध्नेछन एकजना गणकले एकदिनमा करिब एकदर्जन घरपरिवारको जनगणना गर्न सक्ने आँकलन गरिएको छ।

केन्द्र देखि स्थानीय तह सम्म एकै समयबाट  शुरुगरिने केन्द्रमा जनगणना केन्द्रमा राष्ट्रपति उपराष्ट्रपति र प्रधानमंत्री र मन्त्रि  हरु बाट  जनगणना गरेर जनगणनाको सुरूवात गर्ने तयारी छ। यस्तै गरी प्रदेशमा मुख्यमन्त्री र स्थानीय तहमा प्रमुख तथा उपप्रमुखको जनगणना गरेर गणनाको सुरूवात गर्ने कार्यक्रम भए अनुसार वडामा वडाध्यक्ष बाट जनगणना  सुरू गरनेछ।मतगणना  सन्कलन को लागि  देसै भरीका  लागि ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक परिचालन गरिएको  बताइएको छ

लिम्पियाधुराको गणना कसरी ? 
लिम्पियाधुरा, लिपुलेक कालापानी क्षेत्रमा अनुमानसहितको नतिजा प्रकाशन गरिने विभागले जनाएको छ। भारतद्वारा अतिक्रमित कुटी, गुन्जी र नाभी आवादी छन्। त्यहाँ २०१८ सालसम्म जनगणना भएको थियो।

महानिर्देशक श्रेष्ठले अतिक्रममित क्षेत्रमा जनगणनाका लागि भारतसँग कूटनीतिक पहल भइरहेको बताए। लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारत सरकारले सहज रूपमा आवतजावत गर्न दिए भौतिक रूपमा उपस्थित भएर जनगणना गरिने उनले बताए। कारणवश गर्न नसकेको अवस्था रह्यो भने पनि  त्यत्तिकै छोड्दैन।

उनका अनुसार अतिक्रमित क्षेत्रमा ७ देखि ८ सयसम्म जनसंख्या रहेको अनुमान छ। उनले  भौतिक रूपमा उपस्थिति भएर गर्न नसकेमा प्रविधिको प्रयोग गरेर भए पनि विवरण संकलन गरी सार्वजनिक गरिने स्पष्ट पारे। अहिले प्रविधिको विकास साह्रै राम्रो भएको छ। स्याटेलाइटहरू प्रयोग गरिकन ती क्षेत्रहरूमा कति घर छ भन्ने त सजिलैसँग गणना गर्न सक्छौं उनले भने, एउटा घरमा एभरेज परिवार कति बस्दो रहेछ भन्ने ती विवरण लिन पनि हामीलाई गाह्रो हुँदैन। यसरी त्यहाँको केही अनुमान हामी निकाल्न सक्छौं

लिम्पिया धुरा कालापानी मा भारत सङ्ग को सहज सम्भावना लाई नियाल्दै जनगणना गरिने छ भने कसै पनि गर्न नसक्ने वतावरण भएमा अन्दाजी रुपम मा नै भएपनि गरिने बताइएको छ ।

-सबिन जि सि

प्रतिक्रिया दिनुहोस्: