Worldlink Communications

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको अधिबेशनको तयारी पुरा                                      

मङ्सिर २३,पोखरा

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश ले यहि २५/२६ गते हुने प्रदेस सम्मेलन को जानकारी दिनको लागि आज पत्रकार सम्मेलन गरेको छ ।पत्रकार भेट कार्यक्रमको अध्यक्षता हरिराज अधिकारीले गर्नुभएको सो कार्यक्रम को आतित्यथा प्रदेस इन्चार्ज हित राज पाण्डे ले गर्नुभएको सो कार्यक्रम  प्रदेस प्रबक्ता देबेन्द्र पराजुली संचालन गर्नुभएको थियो । पत्रकार सम्मेलन पोखरा को सभागृह हलमा गरेको नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशको प्रथम अधिवेशन यही मंसिर २५ र २६ गते पोखराको सभागृहमा सम्पन्न गर्ने भएको विषय पत्रकारलाई जानकारि गराएको हो  ।

सम्मेलन यहि मङ्सिर २५ गते हुने र  सातै प्रदेशहरुको प्रथम अधिवेशनको उदघाटन  एकैसाथ जुम मार्फत  एकै साथ हुने जानकारी दिइएको छ । मङ्सिर २५/२६ गते पोखरा सभागृहमा नेकपा माओवादी केन्द्र को ऐतिहासिक प्रथम गण्डकी प्रदेश अधिवेशन हुनेछ अधिवेशन मा ६०० जना नगरपालिका समितिहरुबाट निर्वाचित प्रातानधिहरु, ६० जना मनोनित प्रतिनिधिहरु हुनेछ्न भने आयोजक ९६ जना, जेष्ठ कम्युनिष्ट मञ्च गण्डकी प्रदेश ४३ जना र प्रदेश सल्लाहकार ४७ गरी ८४६ जना प्रतिनिधिहरुको सहभागिता हुनेछ्न ।

यस अधिवेशनबाट कम्तीमा महिला ३०,युवा २०,दलित १९  र मुस्लिम तथा सिमान्तकृत हरुको सहभागिता सहित गण्डकी प्रदेश समिति निर्वाचित गरिनेछ । कम्युनिष्ट आन्दोलन लाई यस स्थान सम्म ल्याई पुन्याउन र महान् जनयुद्धमा महत्वपूर्ण योगदान गर्नुहुने विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्ति व्यक्तित्व र उहाँहरुको परिवार जन लाई यस अधिवेशन मा सम्मान गरिनेछ । यस अधिवेशन विचार निर्माण र संगठनात्मक काममा मुख्य केन्द्रीत रहने छ भनिएको छ ।

स्मरण रहोस पार्टीमा गुटबन्दी छैन भनेर नथाक्ने माओबादी केन्द्र ले  मनांग,मुस्ताङ र नवलपुर बाट को को  प्रतिनिधि  आउने  भन्ने बिसय अझैपनि टुंगो लगाउन नसकेको बास्तबिकता ले २२९ सदस्य प्रदेस कमिटि बनाउन सकस देखिएको जानकार हरु बताउछन ।

-सबिन जि.सि

प्रतिक्रिया दिनुहोस्: