Worldlink Communications

सुक्ला सहित्य प्रतिस्ठान का नेत्र बहादुर बानिया द्वारा लिखित कृति “त्रिबेणि संग्रह”लोकार्पण कार्यक्रम समपन्न

पौष ३ पोखरा

सुक्ला सहित्य प्रतिस्ठान पोखरा १६ का नेत्र बहादुर बानिया द्वारा लिखित कृति “त्रिबेणि संग्रह”लोकार्पण कार्यक्रम समपन्न भएको छ। सदिऔ देखि साहित्य स्थलको भुमी भनेर चिनारी दिने श्रस्टा हरु को माझमा बेलाबेलामा  पोखराको बाटुलेचौर मा फेरि अर्को ब्यक्तिको जन्म भएको छ ।

आज लामाचौर मा रहेको आर सि कम्पेक्स मा आयोजना गरेको शुक्ला साहित्य प्रतिष्ठानको कार्यक्रम मा सोहो सस्था का  मानार्थ सदस्य नेत्र बहादुर बानियाँको कृति `त्रिवेणी संग्रह´ प्रकाशित भएको छ ।शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष सुमन पौडेलको अध्यक्षता मा भएको कार्यक्रमको प्रमुख आतिथ्यता गन्डकी प्रदेश प्रज्ञाप्रतिष्ठान का उपकुलपती सूर्य खड्का `बिखर्ची´ले गर्नु भएको थियो भने अतिथी हरुमा समाज का लब्धप्रतिस्ठ्त ब्यक्ती हरुले गर्नु भएको सो कार्यक्रम संचालन प्रतिस्ठान का सचिब गिता भण्डारी गर्नु भएको थियो ।

प्रमुख अतिथिको रुप मा बोल्दै बिखर्ची ले साहित्यको लोप उन्मुख हुन लागेको यो समयमा शुक्ला साहित्य प्रतिष्ठानले साहित्यको जगेर्ना खोजेको यो समयले महत्त्वपूर्ण भुमीका खेलेकोमा खुसी ब्यक्त गर्नु भएको थियो ।भने अर्का श्रस्टा शुक्ला साहित्य प्रतिष्ठानका  मानार्थ सदस्य कुन्जराज थापा र राम जि .सी ले आफ्फ्ना कुरा राख्नु भएको थियो ।

त्यस्तै शुभकामना मन्तब्य शुक्ला साहित्य प्रतिष्ठानका बरिस्ठ उपाध्यक्ष हरी बरूवालले राख्नु भएको थियो । कार्यक्रममा विभिन्न संस्थाका ब्यक्तीहरूको उपस्थित रहेको थियो ।त्रिवेणी संग्रहमा कविता, कथा, भजन गरी प्रकाशन गरिएको लेखक नेत्र बहादुर बानियाँले बताउनु भयो । उनले तीन नदिको संगम स्थललाई त्रिवेणी भनिए पनि आफूले तिन विधालाई समेटेर संग्रहको नाम त्रिवेणी राखिएकोमा प्रकाश पार्नुभयो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: