Worldlink Communications

मृगौला पीडित लाइ जुटाएको सहयोग हस्तान्तरण गर्दै शिबराज देबकोटा

पौष २३,पोखरा

आज पोखरा महानगर पालिका वार्ड न.१६ को जुम्लीडाडाको भाडाको घरमा धेरै बर्स देखि बस्दै आएको गरिब परिबार मा हुर्केका हेम रानाको दुई वटै मृगौला फेल भएपछी त्यो घरको दुखका दिन झन भन्दा झन बडदै गएको थियो।

न्युन आयश्रोत भएकी अर्काको मेलापात गरेर जीवन यापन गरि रहेकी गुल्मी मुसिकोट स्थायी घर भई विगत ३० बर्षदेखि पोखरा १६, अमरदीप, जुम्लीडाँडा अर्कैको घरमा बस्दै आउनु भएकी साहिली दिदी भनेर चिनिनेको २५ बर्षे छोरा हेम रानाको अचानक दुबै मृगौला फेल भएपछि उनको घरमा आर्थिक र सबै रुपले उनको जीवनमा ठूलो बज्रपात हुन लागेको हुनाले त्यो परिवार को यसै किसिमको नाजुक अवस्था लाई महसुस गर्दै वरिपरि छरछिमेक र आफन्तजन बाट सबैले खबर पाएका थिय ।

त्यस किसिमको खबर पाएपछि केही नभएको हरुलाइ केही भएको हरुले सहयोग गर्नुपर्छ भन्ने भावना का धनी शिबराज देबकोटा को पहलमा केही हप्ता अगाडी सहयोग को अपेक्षा गरिए अनुसार सहयोग गर्ने दाता हरुले मनका धनिहरुले थोरैथोरै सहयोग गरेपनी एकमुष्ठ धेरै नै रुपया जम्म  गर्न सबैको मन र बिश्वास  जित्न  सफल शिबराज देबकोटा ले करिब एक लाख आठ हजार रुपैया वार्ड अध्यक्ष जीवन प्रसाद आचार्य  र स्थानिय युवा हरुको उपस्थिति मा सो रकम हस्तान्तरण गर्नु भएको थियो ।

स्मरण रहोस यहाँ भन्दा पहिला पनि यस्तै  किसिमका आधा दर्जन भन्दा बढि क्याप्पेन चलाइ सक्नु भएका शिबराज देबकोटाले दिन दुखी हरुलाइ सहयोग गर्ने वातावरण बनाउन पाउँदा मिलाउन  पाउँद आफुलाइ धेरै नै खुसी मिल्ने हुदा आगामी दिनमा पनि आफू यस्ता कार्यमा जुटिरहने कुरा हामिलाइ बताउनु भयो ।यो स्रहानिय काम प्रती हामि उहाको यो उच्च  भावना को उच्च सम्मान गर्दै मृगौला पीडित हेम राना को शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौ ।

– प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: