Worldlink Communications

बतास समुहले नारायणहिटि भित्र बनाएको कफि हाउस भत्काउन थालियो

पौष २४,काठमाडौं

बतास समुहले नारायणहिटी दरवार संग्रहालयभित्र बनाएको कफि हाउससहितको संग्रहालय शुक्रबारबाट भत्काउन सुरु गरिएको छ।
नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन विकास समितिले बतासले बनाएको संरचना भत्काएको हो।महा  नगरीय प्रहरी कार्यालय प्रमुख एआईजी हरिबहादुर पालले दरवार परिसरमा बनाउदै गरेको कफी हाउसलगाएतका संरचना भत्काएको जानकारी दिए ।

दरबार भित्र सम्झौता विपरीत संरचना बनाइएको भन्दै आलोचना भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले पनि खाली गर्ने बताउनु भएको थियो त्यसो त कफी हाउससहितका निर्माणाधिनमै रहेको भवन भत्काउन बिकास समितिले प्रालिलाई पत्र पठाएको थियो।

स्मरण रहोस प्रधानमन्त्री पत्नी आरजु राणा बिबादित बतास समुह को सल्लाहकार रहेकोभन्दै चर्को आलोचना भएपछि बतास समुहले आफ्नो अफिसियल वेभसाईड बाट  उहालाई  सल्लाहकार राखिए को पद र तस्वीर हटाइएको थियो

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: