Worldlink Communications

पदाधिकारीमा महिला बिहिन – कास्की एमाले

पौष २९,पोखरा

एमाले कास्कीको अधिवेशनले पदाधिकारीमा महिला शून्य बनाएको छ ।  नेकपा एमाले कास्कीकाे दशाैं अधिबेशनबाट नयाँ नेतृत्वमा अध्यक्ष मन बहादुर गुरुङ, उपाध्यक्षमा तेजनारायण अधिकारी , सचिवमा बैन बहादुर अधिकारी , उप सचिवमा क्रमशः दर्शन लामा र नवराज ओझा निर्वाचित हुनुभएकाे छ । पदाधिकारी उपाध्यक्ष पदमा एक मात्र महिला प्रतिस्पर्धि प्रभा कोइराला झिनो मतले उपबिजेता हुनु भएको छ भने जिल्ला सद्स्य हरुको मतगणना जारिरहेको छ |

३३ प्रतिशतले मात्र महिला अधिकार को प्रत्याभूत हुँदैन ५० प्रतिशत हुनुपर्छ भनेर सदन,सडक र अधिकारका कुरा  गरेर कहिल्यै नथाक्ने पार्टीहरुको बास्तबिकता यस्तो देख्दा भने कुनै नौलो मान्न नपर्ने जानकारहरुले बताउछन।निर्णायक केही पदाधिकारी पदमा महिला लाई मात्र प्रतिस्पर्धा गराउनु को सट्टा बिधान नीति नियम भन्दापनि देसको नया  सरचनालाई पालना नगरी बिधानको खिल्ली उडाउने गरि महिला बिहिन समिती बन्नु ले आगामी दिनमा एमाले कसरी अगाडि बढला त्यो हेर्न त केही समय कुर्नै पर्छ ।

त्यसो त यसमा विधान अर्थात् कानुन दोषी देखिएको जस्तो पनि देखिन्छ  राज्यका अन्य संयन्त्रमा महिलाको अनिवार्य उपस्थिति गराए पनि राजनितिक दलमा त्यो व्यवस्था नभएकोले कास्कीमा यस्तो परिणाम आयको बास्तबिकता भने बुझनै पर्छ । प्रतिस्पर्धा भए पनि महिला महिलामै हुनुपर्थ्यो यस विषयमा पुर्नबिचार गरियोस भन्ने विषयमा पनि आफ्नै पार्टीका कार्यकर्ता हरुबाट  गम्भिर चिन्ता  र सोचनिय कुरा प्रष्ट रुपमा आएको छर्लङ्ग देखिन्छ ।

महिला नेतृत्व र भुमिकामा जसले आफु र आफ्नो घर परिवार भन्दा पार्टी कै लागि भनि योगदान पुरायो उही व्यक्ती पार्टीमा पछाडी पर्दा आगमी चुनावमा यस्ले कस्तो असर पुग्ला भन्ने कुराले एमाले लाई असर नपुर्‍याउला भन्न सकिँदैन ।यस्ता बिसयमा एमाले नेतृत्वपङ्तिले  गभिर भै नसोच्ने हो भने पककै पनि एमाले भित्र अझै गम्भीर  दुर्घटना नघटला भन्न सकिदैन त्यसैले पक्कै पनि पार्टीले गम्भीर र निर्मम मूलयाङ्कन गर्छ नै होला|

स्मरण रहोस राज्य संयन्त्रमा राष्ट्रपति, उपराष्ट्रपति,सभामुख, उपसभा मुख, स्थानीय तहमा प्रमुख, उपप्रमुख मध्ये एक जना महिला ब्यवस्था गरिएको भएपनि  राजनीतिक दल दर्ता सम्बन्धी कानुन मा पनि पदाधिकारी मा पहिलो वा दोस्रो पदमा महिला हुनै पर्ने लैंगिक समाबेसी को बिषय नआइकिन अर्थात नलेखिएको हुनाले यस्तो नियती भोग्नु परेको कुरा पार्टीका समर्थक ले बताउँछन् ।पार्टी बिधान मा ३३ प्रतिशत  सहभागिता को बिषय मात्र समाबेश भएकोले महिला हरुको राजनीतिक यात्रामा अझैपनि धेरै चुनौतिहरू छन ।साच्चै एमाले कास्कीले महिला पदाधिकारी लाई आबस्यक नदेखेको नै हो त ?

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: