Worldlink Communications

गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका तिनै जना बिजय

माघ १२,पोखरा

राष्ट्रिय सभा सदस्यका लागि आज भएको निर्वाचनमा गण्डकी प्रदेश मा सत्ता गठबन्धनले तिन सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार हरु बिजयी हुनुभएको छ । राष्ट्रिय सभा सदस्य नेकपा माओवादी केन्द्रका सुरेश आले मगर, भुवनबहादुर सुनार र नेपाली कांग्रेसका कमला पन्त बिजयी हुनुभएको प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेशले बताएको छ ।

राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशमा           खुल्ला, महिला र दलिततर्फ एकएक सिटका लागि भएको निर्वाचनमा    खुल्लातर्फ नेकपा माओवादी केन्द्रका सुरेश आलेमगर बिजयी हुनुभयो भने उहाको प्रतिस्प्रधि नेकपा एमालेका पून्यप्रसाद पौडेललाई ४०२ मतले  पराजित गर्नुभएको हो ।

महिलातर्फ नेपाली कांग्रेसकी कमला पन्त बिजयी भएको छ भने उहाँको  प्रतिष्पर्धी नेकपा एमालेका लिला पोख्रेल थनेतलाई ३६० मतले पराजित गर्नुभएको हो ।

त्यस्तै, दलिततर्फ नेकपा माओवादी केन्द्रका भुवनबहादुर सुनार बिजयी हुनुभएको छ भने उहाँ को   प्रतिस्प्रधि नेकपा एमालेका     अर्जुनकुमार    सुनामलाई ३६० मतान्तरले पराजित पराजित गर्नु भएको हो ।                                                                                                       -प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: