Worldlink Communications

भोलि दिउसो एक बजे बस्नेगरि प्नितिनिधिसभा बैठक-स्थगित भएलगतै देउबा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता

फागुन १२ ,काठमाडौं

आज एम सी सी प्रस्ताब माथि छलफल गर्ने भनि बसेको  प्नितिनिधिसभा बैठक स्थगित भएको छ ।कार्यव्यवस्था परामर्श समिति बैठक बसेको केहि समयमा नै सूचना टाँस गरेर स्थगित गरिएको हो ।संसद सचिवालयले प्रधानमन्त्रीको आग्रहमा लिभोलि एक बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

आज दिउँसो १ बजे बस्नेगरी  बोलाइएको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रस्तावमाथि छलफल गर्ने तयारी थियो । तर कार्यव्यवस्था परामर्श समितिमा सहमति जुट्न नसकेपछि भोलि एक बजे सम्मको लागि स्थगीत गरिएको हो ।

संसद बैठक स्थगित भए लगत्तै नयाँ बानेश्वरस्थित संसद भवनमै देउवा र ओलीबीच छलफल एबम भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता एमसीसीमा सहमति जुटाउन  प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलको साथ लिन ओलीसँगवार्ता  गरेको अनुमान गरिएको छ ।

स्मरणीय कुरा एमसीसीमा सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने भएपछि एमसीसी  जसरि पनि पारित गराउन प्रधानमन्त्रीले प्रतिपक्षी एमालेको साथखोज्नु भएको हो ।

-सबिन जि.सि

प्रतिक्रिया दिनुहोस्: