Worldlink Communications

पोखरा १५ एमाले सग गठबन्धन को केहि लागेन

जेठ ७ पोखरा
पोखरा महानगरपालिका वडा नं १५ मा नेकपा एमाले ले आफ्नो बर्चस्व कायम राख्दै अध्यक्ष का उम्मेदवार तोरण बहादुर बानियाँको प्यानलै बिजयी भएको छ।
मतगणना अनुसार बिजयी अध्यक्ष ले २३३८ मत प्राप्त गर्नु भएको थियो भने नेपाली काँग्रेस अर्थात् गठबन्धन का उम्मेदवार मिन बहादुर गिरिले १७०२ मत पाउनुभएको थियो।
खुला सदस्यहरु तर्फ आशिष भण्डारीले २३७९ मत र वलराम पौडेलले २१८० मत ल्याएर विजयी हुनुभएको छ भने दलित  महिला सदस्यतर्फ मन्दिरा परियारले २२९१ मत र महिला   सदस्यमा सेतीमाया गुरुङले २३०० मत प्राप्त गर्दै  बिजयी हुनुभएको छ ।
१५ बाट मेयर कृष्ण थापाले १९७४ मत  र गठबन्धन को तर्फ बाट धनराज आचार्यले १५८१ मत पाउनुभएको थियो भने  उपमेयर तर्फ एमालेका मन्जु देवि गुरुङले २२३३ र नेपाली काँग्रेसकी कोपिला रानाभाटले १५४४ मत प्राप्त गर्नु भएको थियो त्यस्तै गरि राष्ट्रिय प्रजातन्त्र पार्टी ले १५ बाट अध्यक्षमा ४८९ र स्वतन्त्र लौरोले १३८ मत प्राप्त गर्नु भएको थियो।
-प्रकाश अधिकारी
प्रतिक्रिया दिनुहोस्: