Worldlink Communications

पोखरा १६ वार्ड अध्यक्ष मा बिजयि अमृत तिमिल्सिना र उपविजेता राजेश गुरुङ लाइ बधाई

जेठ ८,पोखरा

पोखरा महानगरपालिका एमालेका तर्फबाट मेयर पदका उम्मेदवार  हुनुभएका कृष्ण थापाको जन्मस्थान पोखरा १६ मा गठबन्धन को नेपाली कांग्रेस ले कम्यूनिष्ट हरुको विरासत तोडेर बिजयको झण्डा फहराउन सफल भएको छ।

सदियौं देखिको लाल किल्ला पोखरा १६ यसपाली नेपाली कांग्रेस (गठबन्धन) का उम्मेदवार अमृत तिमिल्सिना ले इतिहास रच्नु भएको छ । अमृत तिमल्सिना ले नेकपा एमाले का राजेश गुरुङलाई एक सय ४८ मत को फरक पार्दै बिजय हुनुभएको हो।

नेपाली कांग्रेस (गठबन्धन)काअमृत तिमिल्सिनाले तीन हजार तीन सय १८ मत पाउदा एमालेका उपबिजेता उम्मेदवार राजेश गुरुङले तीन हजार एकसय ७० मत पाउनुभएको थियो।

एमालेले वडाध्यक्ष गुमाए पनि चार जना सदस्य भने जित्न सफल भएको छ। नेकपा एमालेका खुल्ला महिला सदस्य राजकुमारी बानिया,दलित महिला सदस्य मन्जु बस्याल ,खुल्ला सदस्य  राजकाजी गुरुङ र रामचन्द्र आचार्य बिजयी हुनु भएको छ ।

आफ्नोे जन्मस्थानमा नेकपा एमाले मेयरका उमेदवार कृष्ण थापाले तीन हजार चारसय ४६ मत पाउदा एकीकृत समाजवादीका उम्मेद वार धनराज आचार्य ले दुई हजार चारसय ९२ मत पाउनुभएको थियो ।

उपमेयर पद्का एमाले उम्मेदवार मञ्जु गुरुङले तीनहजार पांच सय ६५ मत ल्याउदा नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले दुइहजार छ सय ६९ मत पाउनुभएको छ।

पोखरा १६ लाइ नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको इज्जत को रुपमा रहनुभएका मन्त्रीद्वय कुमार खड्का र बिन्दु कुमार थापा को इज्जत सग जोडिएको वार्ड भएको हुनाले जसै जित्नु पर्ने बाध्यताले गर या मर को लडाइलाइ रणनैतिक रुपमा प्रयोग गरि आफ्नो मिसन पूरा गर्न आफ्नो पार्टी नेपाली कांग्रेस सफल भएको नेपाली कांग्रेसका एक जानकारले हामिलाइ बताउनु भयो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: