Worldlink Communications

अपाङ्ग मैत्री सम्बन्धी आयआर्जन कार्यक्रम सम्पन्न

असार १४, पोखरा

पोखरामा नगरपालिका वाड नम्बर १६ को आयोजनामा अपाङ्ग मैत्री सम्बन्धी आयआर्जन कार्यक्रम सम्पन्न गरेको छ।

अपाङ्ग मैत्री सम्बन्धी आयआर्जन कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष रामकुमारी बानियाले गर्नुभएको थियो भने कार्यक्रमको संयोजक लक्ष्मी अधिकारीले सम्पूर्ण कार्यक्रम संयोजन गर्नुभएको सो कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद मीना गुरुङले गर्नु भएको थियो भने कार्यक्रमलाई भव्य र सभ्य बनाउनको लागि मञ्जु नेपाली ले सन्चालन गर्नु भएको थियो।

अपाङ्ग मैत्री सम्बन्धी आयआर्जन कार्यक्रम मा स्वागत मन्तव्य सस्था कि सदस्य योगमाया गुरुङले गर्नु भएको थियो भने सो कार्यक्रम का लागि आर्थिक सहयोग को अपेक्षा गर्दै कार्यक्रम संचालन गर्नु भएकी मन्जु नेपालीको कार्यक्रम संचालन फरक किसिमले रमाइलो अनु भूति गर्न सकिन्थ्यो ।

कार्यक्रमलाई स्वागत मन्तव्य दिँदै सस्था को अध्यक्ष राजकुमारी बानियाले अपाङ्गहरुलाइ कसरी माया गर्नुपर्छ उनीहरूले यो समाज बाट के पाएका छन् उनीहरूको लागि के बनाइएको छ उनीहरुका मागहरु लाइ कसरी सम्बोधन गर्न सकिन्छ सामान्यतया सरकारि कार्यालयहरुमा उनीहरूको लागि सुविधा के कस्तो छ हाम्रो आँखा ले सजिलै देख्न र व्याख्या गर्न सकिन्छ  भन्नुभएको थियो ।

अपाङ्गता भएका आदरणीय व्यक्तित्वहरू जसलाई सम्मानस्वरुप पारिवारिक रुपले मायाममता दिएर हुर्काउन साह्रै गाह्रो भएको कुरा जसले स्याहारसम्भार गरेको छ उसैलाई मात्र थाहा हुन्छ अरुलाई त्यसको एक अंश पनि थाहा नहुने कुरा बताउनुभएको थियो।

त्यसैगरी एकल महिला की अध्यक्ष दुर्गा थापाले पनि अपाङ्गहरुलाई दयामाया भन्दा पनि सम्मान गर्नुपर्ने उहाँहरूको मनोभावनालाई बुझ्दै अगाडि बढाउनु पर्ने कुरामा जोड दिंनु भएको थियो।आफुले त्यस्ता व्यक्तिहरूको घरमा नै गएर उहाँहरु को सुखदुःखमा साथ दिदै आएको र अझै पनि दिने भन्दै विगतमा अक्षयकोष को लागि पाँच हजार दिएको भएपनि थप पाँच हजार अहिले थपेर दस हजार वनाउने जानकारी दिनुभएको थियो।

विभिन्न पार्टीहरुका प्रतिनिधिहरुलाई बोलाइएको अनुसार नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै गणेश थापा ले आठ हजार र एमाले का रामकाजि गुरुङ ले पाँच हजार सहयोग गरदै  आफूहरुले अपांगहरुलाई अपांगको रुपमा नहेरी सधै सम्मान जनक रुपमा हेरेको र आगामी दिनमा जेजति सहयोग गर्न सकिन्छ त्यहि अनुसार उहाँहरु लाई सहयोग गर्नुपर्छ भन्दै आगामी दिनमा आफूले अपाङ्ग हरूको निम्ति सबै सहयोग गर्ने बताउनुभएको थियो।

BWEC संस्थाकी अध्यक्ष नन्दा गुरुङले स्वागत मन्तब्य दिने क्रममा आफूले पनि अपाङ्गहरूकै सहयोगको निम्ति धेरै काम गर्दै आएको र अझै गर्नुपर्ने बाँकी रहेका काम हरु सुरु गरेको बताउनुभएको थियो ।म आफ्नै पारिवारिक रूपमा अपाङ्गहरूको हेरचार स्याहार सम्भार गरिरहदा अर्थात् गर्दैगर्दा अन्य अपाङ्गहरूलाइ  सहयोग किन नगर्ने भन्ने आसयले सञ्चालित यो संस्थाले धेरै अपाङ्गहरूको निम्ति जीवनयापनको निम्ति सहयोग गरेको बताउनुभएको थियो।

प्रमुख अतिथिको आसनबाट गण्डकी प्रदेश सभासद माननीय मीना गुरुङले यस संस्थाको लागि एउटा अतिआबस्यक अक्षयकोष भए देखि सारै राम्रो हुने कुरा मनले सोचे पछि यस संस्थालाई  21500  दिएको  र सोही कारणले नै आज अपाङ्ग मैत्री वातावरण बनाउँदै अक्षयकोषको लागि पैसा जम्मा भएको र गर्नुहुने आदरणीय व्यक्तित्वहरू सबै धन्यवादको पात्र हुनुहुन्छ भन्नुभएको थियो ।

व्यक्तिहरूबाट मागिएको उठाइएको पैसा भन्दा संस्थागत रुपमा गरिएको उठाइएको आर्थिक सहयोग ठूलो हुने भएको हुनाले आफूले सरकारीस्तरबाटै पोखरा महानगरपालिका वडा नम्बर 16 का अपाङ्गताहरूलाइ व्यक्तित्वहरुलाई सोझै सहयोग गर्न को लागि अक्षयकोष धेरैभन्दा धेरै जुटाउने प्रयास गरिरहेको  सोचिरहेको छु भन्नुभएको थियो।

कार्यक्रमको अन्तमा आजको कार्यक्रममा उपस्थित हुनुभएका आदरणीय व्यक्तित्वहरू आदरणीय प्रमुख व्यक्तित्व दिदी मीना गुरुङ ज्यु प्रति आफ्नो आफ्नो सस्था को तर्फ बाट सम्मान व्यक्त गर्नु भएको थियो। कार्यक्रमलाई अन्तसम्म बसेर कार्यक्रमको महत्वलाई बुझेर अपाङ्गता हरु प्रति सद्भाव देखाएर अपनत्व देखाएर उहाँको वृत्ति विकासको लागि अपनत्व देखाएर सम्मान स्वरुप आउनुहुने सबैलाई सम्मान व्यक्त गर्दै धन्यवाद दिँदै विशेषगरी प्रमुख अतिथि मिना गुरुङ प्रति धन्यवाद प्रकट गर्दै कार्यक्रमलाई समापन गर्नु भएको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: