बधाइ छ : बिन्ध्यबासिनी माध्यमिक विद्यालय नेपालमै उत्कृष्ट पाँच भित्र

बधाइ छ : बिन्ध्यबासिनी माध्यमिक विद्यालय नेपालमै उत्कृष्ट पाँच भित्र

परिबर्तन न्युज
३१ असार २०७९ बजे
परिबर्तन न्युज
३१ असार २०७९

असार ३१ पोखरा

पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौर मा अवस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर कार्यसम्पादन मूल्यांकन को आधारमा नेपालकै उत्कृष्ट ५ भित्र परेको छ।

Advertisement:Ad

कार्यसम्पादन मूल्यांकनमा विन्ध्यवासिनी माध्यमिक बिद्यालय गण्डकी प्रदेशमा बाट परेको र बाँकी ४ मा वि अन्य प्रदेश बाट परेका छन। गत वर्ष को शैक्षिक बर्ष को सर्वेक्षणमा देशभरका ६२ जिल्लाका सामुदायिक मा वि  का ५ हजार १ सय ४३ विद्यालयहरु को बेस लाइ आधार मानेर गरेको नतिजा मा  ६२ जिल्लामध्ये ६० जिल्लाको नतिजा सार्वजनिक भएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रका शाखा अधिकृत ले जानकारी दिनुभयो ।

परीक्षणका मापनहरु का सुचकहरु मा  विद्यालयको लगानी, शैक्षिक गुणस्तर र उपलब्धि मुल्याङ्कन लगायत आधार मानेर गरिएको थियो । विन्ध्यवासिनी मा बि  सहित अन्य ४ विद्यालयले ९० भन्दा बढी प्रतिशत हासिल गरेका बताएको छ। सो परीक्षणमा गण्डकी प्रदेशका मात्रै ५ सय ७० वटा विद्यालय बाट मुल्याङ्कन भएको बताउनुभएको थियो।

२००४ सालमा स्थापित बिन्ध्बासिनी माध्यमिक विद्यालयले पछिल्लो दिनमा आफ्नो शैक्षिक गुणस्तरमा राम्रो नतिजा हासिल गर्दै आएको छ कक्षा १ देखि १२ सम्म अंग्रेजी माध्यमबाट पढाइ हुने यस विद्यालयमा अहिले ११/१२ मा  विज्ञान र व्यवस्थापन को शिक्षण हुदै आएको छ। करिब १२ सय ५० विद्यार्थी पढ्ने बिधालय मा शिक्षक कर्मचारी सहित करिब ७० जना कार्यरत हुनुहुन्छ। भौतिक पूर्वाधारको रुपमा हालै मात्र पुनःनिर्माण प्राधिकरणको सहयोगमा ३२ कोठे सुविधासम्पन्न भवन निर्माण गरिएको छ।

आफ्नो विद्यालय देशभरीबाट ५ नम्बर भित्र पर्न सफल भएको र गण्डकी प्रदेश भित्र एक नम्बरमा पर्न सफल भएकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा लगायत समितिका सम्पूर्ण सदस्य  ‌‌र विद्यालय का प्रधानाध्यापक कृष्णप्रसाद आचार्य लगायत लगायत विद्यालयका सम्पूर्ण शिक्षक विद्यार्थीहरु अभिभावक सबै खुसीहुनु भएको विद्यालय व्यवस्थापन समितिका सदस्य गुरुदत्त भट्टराईले बताउनुभयो।

यो खुसीको क्षणमा बिन्ध्बायसिनी माध्यमिक विद्यालयलाई यसको शाख जोगाइ राख्नुपर्ने चुनौती थपिएको छ भने अर्को तिर बिधालय को धेरै राम्रो सुनौलो भविष्यको सम्भावनाका चादिका घेराहरु ले मार्गप्रशस्त गरिरहेको यो क्षणमा बिन्ध्बायसिनी माध्यमिक विद्यालयलाई  परिवर्तन न्युज को तर्फबाट पनि शुभकामना  सहित उत्तरोत्तर प्रगतिको कामना गर्दछौ ।

-प्रकाश अधिकारी

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै