Worldlink Communications

सुशासनका लागि संसद, सांसद र संसदीय समितिको भुमिका सम्बन्धि विषयमा CIN द्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

साउन ११, पोखरा

सुशासनका लागि संसद सांसद र संसदीय समितिको भूमिका सम्बन्धित बिषयमा रेडियो हरु को छाता संगठन CIN ले पोखरा महानगरपालिका को सभागृह हलमा आज सार्वजनिक सुनुवाई कार्यक्रम गर्यो ।

कार्यक्रमलाई चुस्त-दुरुस्त सान्दर्भिक र राम्रो गरि संचालन लिलप्रकाश चन्दले गर्नुभएको थियो भने प्रमुख अतिथि प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले गर्नुभएको थियो भने भौतिक पूर्वाधार सहरी विकासमन्त्री कुमार खड्का को विशिष्ट अतिथिको आसन ग्रहण गर्नुभएको थियो। कार्यक्रममा लेखा समितिका रोशनबहादुर गाहा अर्थ विकास समितिका अध्यक्ष दीपक कोइराला बिधान समितिका बिष्णु प्रसाद लामिछाने को उपस्थिति मा भएको कार्यक्रम मा पोखरा महानगरपालिका प्रतिनिधिमुलक ढङ्गले संघ संस्था हरुका प्रतिनिधित्व गर्नुभएको थियो।

करिब सय जनाको उपस्थिति मा गरिएको सो कार्यक्रममा गण्डकी प्रदेशमा सरकारले गरेका विकृति विसंगति का बारेमा बिभिन्न ब्यक्ति हरुले प्रश्न उठाउनु भएको थियो । प्रश्नहरूको गोलमटोल  तरिकाले उत्तर दिने काम प्रमुख अतिथि मन्त्रि हरुले दिएका उत्तर हरु केटाकेटी लाइ चकलेट खुवाए जस्तो देखिन्थ्यो ।

जनताद्वारा निर्वाचित भएका सांसदहरुले सुशासन को बारेमा जनताहरुलाई जीवन जिउन सजिलो बनाउने कानुन निर्माण गर्नुपर्नेमा उल्टै कसरी जनतालाई अप्ठेरो हुन्छ भनी अफ्टेरो कानुन बनाउँदै जनतालाई दुख दिने कार्य गरेकोले जनताकै म विरोधका कारण ले फेरि कानुन कार्यान्वयन नगरी फिर्ता गरेको गल्ती गरेपछि सच्चाउने हिमत राख्दछ बनेर ठट्यौलो उत्तर दिएको सुनिन्थ्यो देखिन्थ्यो ।

एउटै वडामा तो पनि आफ्नै वडामा मात्र २५/२६ करोड बजेट पार्ने मन्त्रीज्यूले अरु वडामा बजेट पार्न पर्दैन ? के सबै वडामा यस्त बजेट परेको छ ? भन्ने जवाफमा माननीय मन्त्री कुमार खड्काले यो विषय पुरै भ्रामक छ कपोकल्पित छ यदि साँचो हो भने प्रमाणित गरेर देखाउनु भयो भने मैले प्रदेशसभाबाटै राजीनामा दिन्छु र राजनीति बाट नि सन्यास लिन्छु भन्नुभयो।

वास्तविकतामा भन्ने हो भने पूर्व मुख्यमंत्री पृथ्वीसुब्बा गुरुङ कै पालाको बजेट को निरन्तरता दस करोड हो  सघिय अर्थ मन्त्री जनार्दन शर्मा ले विनियोजन गर्नुभएको पाच करोड र  मेरो तर्फबाट दुई करोड ७९ लाख प्रदेश सरकारबाट विनियोजित गरिएको हो ।यसमा कसैले मन दोधार गरेर मेरो कुप्रचार नगर्नु भन्नुभयो।  विगतमा पनि मेरै विषयमा लिएर विभिन्न टिकाटिप्पणी हरु भएका थिय । मलाई आरोप लगाएका व्यक्ति र मिडिया कर्मी साथीहरुलाई चुनौती नै दिएर भनेको थिएँ  प्रमाण लिएर आउनुस्  यदि तपाईहरुले लगाएको आरोप साँचो भयो भने म जे कारबाही पनि भोग्न तयार छु भनेको थिएँ तर वहाँहरु आजसम्म पनि कुमार खड्का तपाईले राजीनामा दिनुपर्ने भयो भनेर आजसम्म कोहीपनि नआएको तीतोसत्य बताउनुभएको थियो।

सुशासनको विषयमा सांसदहरुले मात्र देखेर भोगेर हुँदोरहेनछ नेपाली जनताले भन्ने बेलामा मन्दिर बनाउनु पर्यो गुम्बा बनाउनुपर्यो बाटो बनाउनु पर्यो आमा समूहको घर बनाउनु पर्यो खानेपानी  जोड्दिनपरयो भन्नुहुन्छ त्यसोत बसाइ पुरै साधारण छ  उहाँहरुको जिबन शैली को चिन्तन बिदेशीको जस्तै भइसकेको छ  वास्तविक समस्या पहिचान नै भएको छैन कि जस्तो छ दिपक कोईराला भन्नुहुन्छ।

गण्डकी प्रदेशमा धेरै बजेट बेरुजु आएकोछ निस्किएको छ बन्ने प्रश्नको जवाफमा मन्त्री कुमार खड्का बन्नुहुन्छ बेरुजु तीन प्रकारका हुन्छन् एउटा सैद्धान्तिक बेरुजु अर्को कागजमा पुरेर आउने बेरुजु र तेस्रो नम्बरमा असुल उपर गर्नुपर्ने बेरुजु यी तीनवटा बेरुजु लाई कसरी हेर्ने भन्ने दृष्टिकोण स्पष्ट हुनुपर्ने बताउनुभएको थियो।

कार्यक्रममा सर्वसाधारणदेखि अधिकारवादीहरु सम्बन्ध सबैले आफ्नो प्रश्न राख्ने र सुन्ने मौका पाएको भएपनि प्रश्न सोध्न नै नपाएको गुनासो पोख्दै हिड्ने हरू पनि त्यतिकै देखिनुहुन्थ्यो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: