Worldlink Communications

नव आदर्श सामुदायिक विकास समाजले आफ्नो प्राङ्गण भित्र नवनिर्मित भौतिक पूर्वाधारहरूको उद्घाटन कार्यक्रम सम्पन्न

साउन १४, पोखरा

पोखरा महानगरपालिका वडा नम्बर १६ मा रहेको नव आदर्श सामुदायिक बिकास समाजले आज आफ्नो प्राङ्गणमा बनाएका नयाँ भौतिक स्रोत र साधनहरूको उद्घाटन भौतिक तथा पूर्वाधार विकासमन्त्री कुमार खड्का द्वारा उदघाटन गरेको छ ।

नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष रेश्मा अधिकारी शेरचनको अध्यक्षतामा भएको सो कार्यक्रम लाई भव्य र सभ्य बनाउनको लागि संस्थाका सचिव बीरबहादुर थापाले संचालन गर्नुभएको कार्यक्रममा विभिन्न सघ संस्था का जिम्मेवार व्यक्तित्व हरूको आतिथ्यतामा मा सम्पन्न भएको थियो।

कार्यक्रममा उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरुलाई स्वागत गर्दै संस्थाका अध्यक्ष रेश्मा अधिकारी शेरचनले संस्थाको स्थापना कालदेखि आजसम्मको प्रगति विवरण बताउनुभएको थियो भने प्रमुख अतिथि कुमार खड्का को पहलमा सम्भव भएको बिकासको प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा सम्पूर्ण व्यक्तित्वहरुलाई स्वागत गर्दै संस्थाका नबिन भण्डारी ले सस्थाको स्थापना कालदेखिनै नयाँ ढंगले नयाँ तरिकाले संस्थालाई क्लबबाट विकास समाज सम्म पुर्याउँदा विभिन्न आरोह अवरोह खेप्दै यहाँ सम्बन्ध आएको कथालाई जोड्दै हरेक बर्ष हुने गरेको तीज मेला विशेषगरी महिलाहरुको चाडमा  तीजगीत गाएर महिला महिलाहरुबीच प्रतिस्पर्धा गराई रमाइलो गरिने कार्यक्रम गर्दै आएको नव दर्शक सामुदायिक विकाससमाज आज २५ औ बार्षिक उत्सव मनाइ रहेको बारेमा व्याख्या गर्नुभएको थियो।

पोखरा महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष अमृत तिमल्सिनाले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो। हिजो एउटा सामान्य क्लबको नामले चिनिने यो संस्था आज एउटा प्रतिष्ठान समाजको रुपमा विकसित भइरहदा जिल्लामै देशमै चिनिन सफल भएको हुनाले यो संस्थाको परिचयले लामाचौर बाटुलेचौर चिनिएको छ भन्दा अतिशयोक्ति नहोला भन्नुभयो। यस संस्थाको बृहत्तर हितको निम्ति हाम्रो वडाले के गर्न सक्छ सल्लाह बमोजिम विकासका खुड्कीला हरुमा सहयात्री बन्ने बताउनुभयो ।

यस्तैगरी पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष पुस्पेन्द्र पाण्डेले यो संस्था हुर्काउन बढाउन र यहाँ सम्म पुर्याउन अहोरात्र खटिएर लाग्नुहुने सबैमा कृतज्ञता व्यक्त गर्नुभयो र आफू पनि कहीँ न कहीँबाट स्थापनाकालदेखि नै यस संस्थामा आबद्ध भइरहेको बताउनुभयको थियो भने उहाँले अरु संस्थाहरुले बजेट माग गर्छन्  काम गर्न सक्दैनन् तर यो संस्था जति बजेट विनियोजन गरेको भए पनि काम त्यो भन्दा अझै धेरै गर्न खोज्ने इमान्दार प्रष्ट राम्रो संस्था रुपमा काम गर्ने सस्था भएको हुनाले यस संस्थालाई कहिल्यै पनि आर्थिक संकट नपरेको अहिले आएर घाम झै छर्लङ्ग भएको छ  भन्नुभयो।

आजका प्रमुख अतिथि भौतिक पूर्वाधार तथा विकास मंत्री कुमार खड्काले आफू गण्डकी प्रदेशको मन्त्री भएको नाताले गण्डकी प्रदेशका ११ वटै जिल्लामा विकासका निर्माणका कामहरु मा बजेट विनियोजन गर्नु पर्ने भय अनुसार नै प्रत्येक जिल्लाको प्रत्येक स्थानमा बजेट विनियोजन गरेको सर्ब बिधितै हुदाहुदै पनि कोही कसैले कहीँ  केही गुनासो नगर्ने तर आफ्नो जन्मभूमि आफ्नो कर्म स्थलमा केही रकम विनियोजन गर्दा विभिन्न तरह का कुरा गरेर मलाई नर्भस मनाउने काम गरिएको बिषयमा उहाँले दुःख प्रकट गर्नुभयो।

मैले कहाँ कहाँ कसरी बजेट विनियोजन गरेको छु भन्ने विषयको गण्डकी प्रदेश को रातो बुकबाट नै प्रस्ट हुन्छ यदि कसैले  रातो बुक हेर्नु भएको छैन भने हेर्न अनुरोध पनि गर्नुभयो। साचो कुरा त यो हो कि आफ्नो जन्मभूमिलाई आफ्नो जन्म ठाउँ लाई केही  नगर्दा गर्न सकेन भन्दिने जमात एकातिर छ भने आफ्नो जन्मभूमि मा केही गर्यो भने गर्यो भन्दिने जमातहरु पनि त्यत्तिकै हुदोरहेछ यो राजनीति मा आफूले बुझ्न नसकेको कुरा बताउनुभयो तर मलाई भन्नु हुन्छ भने म बसेको वार्डमा  अर्थात् मेरो घर भएको वार्ड मा विकास गरेपछि मात्रै अरु स्थानमा गर्ने कुरा मेरो अन्तर मनले भन्छ तर पनि मैले ११ वटै जिल्लामा समानुपातिक बजेट बिनियोजन गरि  विकास गरेको छु भन्नुभयो।

सामाजिक न्यायको कुरा गर्ने हो भने आफ्नो जन्मभूमिको वार्ड नम्बर १६ मा विकास गर्नु मेरो दायित्व हो किनकि म यो स्थानको मन्त्री हुँ कहीं न कहीं सुनेको छु वार्ड १९ मा १६ को तुलनामा बजेट परेको छैन २० मा पनि परेको छैन त्यस्ता ठाउँका साथीहरु मसँग गुनासो गर्नु हुन्छ र पनि मैले अब गर्छु भनेर सबै जनता को चित्त बुझाएको छु भन्नुभयो ।

विगतमा चाहे नेपाली कांग्रेसको समाजवाद होस वा नेकपाएमाले को ज.ब.ज होस् चाहे नेकपा-माओवादीको गणतन्त्र होस यि सब जनता ढाटने सिद्धान्त र बाद का कुराहरु मात्रै हुन जनतालाई बोलि दिए भाषण दिए तर विकास दिएनन । त्यसकारण अब बादको कुरा होइन अब विकासको कुरा गर्नुपर्छ भनेर आफू विकास गर्न खोजेको कुरालाई अन्यथा नलिएहुने थियो भनि अनुरोध गर्नुभएको थियो।

अझ हाँसो लाग्दो कुरा त यो छ कि नव आदर्श सामुदायिक बिकास समाज लाई मैले २५ लाख रुपियाँ छुट्याउँदा मैले धेरै खप्की खानु पर्यो तर विगतमा यस्तै हुने कुराहरूको बारेमा कसैले खोजीनीति गर्दैनथ्यो अहिले २५ लाख को बारेमा निकै चर्चा परिचर्चा भइरहेको छ भन्नुभएको थियो।

अन्तमा उहाँले आफूलाई विभिन्न संस्थाहरुले प्रमुख अथिति बनाइरहँदा यो गलाभरि माला लगाई दिदा आफूलाई टाढा बनाएर छुट्याएर अलग गराएर सम्मान गरेको जस्तो लाग्ने भएको हुनाले मलाई त यो माला खादा प्रमुख अथिति भन्दा सामान्य व्यक्ति कै रुपमा हेरेर अगाडि काम भइदिए हुन्थ्यो भन्ने विश्वास आफूले गरेको यो सम्मानको भारि धेरै भारी भयो मलाई सारै गारो भयो भन्नुभएको थियो।

आजको कार्यक्रममा नव आदर्श विकास समाजले प्रमुख अतिथि लगायत आफ्नो एस संस्थामा विभिन्न समयमा विभिन्न समयमा कालखण्डमा  सहयोग गरेर यो संस्थालाई यहाँसम्म ल्याउन सक्षम बनाउने मनहरुलाई सम्मान पत्र सहित मायाको चिनो प्रदान गरेर बिदाइ गरेको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: