Worldlink Communications

नेकपा एमाले पोखरा १९ ले पार्टीको समीक्षा बैठक सम्पन्न गर्यो

साउन १४ पोखरा

पोखरा महानगरपालिका वडा नम्बर  नेकपा एमाले वडा कमिटीले स्थानीय चुनावमा आफ्नो पार्टीका जिम्मेवार नेताहरु हार्नु पर्नका कारणहरुको निर्मम समीक्षा गर्न बैठक बस्यो सो समीक्षा बैठकमा सबैले आफ्नो मन लागेको विचार राख्नुभएको थियो ।

पोखरा महानगरपालिका वडा नम्बर १९ का पार्टी अध्यक्ष विष्णु प्रसाद गौतमको अध्यक्षतामा बसेको थियो भने  कार्यक्रमलाइ अनुशासित ढंगले बीचमा हुन सक्ने खतरालाई नियाल्दै मध्यनजर गर्दै पार्टीका सचिव विकास गौतमले गम्भीर हुँदै कार्यक्रम संचालन गर्नुभएको थियो।

कार्यक्रममा उपल्लो कमिटी देखि वडा कमिटीका सदस्यहरु क्रमश:दिपक पौडेल, माधव बास्तोला, बलराम गौतम , शोभा मोहन पौडेल,इमानराज पौडेल,सेखर गौतम, सुरेन्द्रमान सिङ भण्डारी, कृष्ण गौतम,धर्ममान सिङ भण्डारी, गिता गौतम तिवारी, लक्ष्मी अधिकारी, बिकास आचार्य लगायतका नेतृत्वहरु को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

नेकपा एमाले वडा मा र नगरमा पराजित हुनु पर्ने मुख्य कारणमध्ये केन्द्रले सुरुमा यही वडाका सम्मानित व्यक्तित्वलाई पोखरा महा नगरपालिका को मेयर पदमा उम्मेदवार चयन गरिसकेपछि एकाएक विभिन्न किसिमका बहानामा व्यक्तिगत चरित्र हत्या गरि मेयर पदको उम्मेदवार मा फरक व्यक्ति उम्मेदवार बन्नु बनाउनु नै प्रमुख कारण बनेको निष्कर्ष निकालेको छ।

अर्को फेरि अन्तिम समय आउनुभन्दा अगाडि वडा अध्यक्षको उमेदवारमा सुरेन्द्र मानसिंह भण्डारीलाई  केही नेतृत्व पङ्तीले उम्मेदवार बनाउने आश्वासन दिएको र मेयर को उम्मेदवार परिवर्तन भए संगै वार्ड अध्यक्षको उम्मेदवार पनि अन्तिममा आएर परिवर्तन भएकोको  भान परेकोले थप सबै लाइ मानसिक तनाव भएको वास्तविकता लाई पनि टाढा राख्न सकिन्न भन्ने निष्कर्ष निकालेको छ।

पोखरा महानगर पालिका मा पार्टी फुटको,पार्टी विभाजनको असर भन्दापनि व्यक्तिको चरित्र हत्या गरी अपमानित गरिएको कारण नै हारको महत्वपूर्ण हार भएको ठहर गरेको छ। अन्तमा नेकपा एमाले पार्टीले गठबन्धनशक्ति हरु हाम्रो बिरुद्ध आन्तरिक रुपमा चुनाव मा कसरी  परिचालन भएका छन तयारी कसरी गरेका छन् भन्ने उनीहरूको चुनावी तौरतरिका बुझ्न नसक्नु पनि आर्को महत्वपूर्ण कारण  निस्कर्स निकालेको छ्न । गम्म्भीर आलोचना सहित आत्मसमीक्षा गर्नैपर्छ भन्ने समीक्षा गर्दै बैठक सकिएको नेकपा एमाले १९ का सचिब बिकास गौतम ले हामिलाइ बताउनु भएको थियो ।

बैठकले पोखरा महानगरपालिका वडा नम्बर १९ को अपूर्ण कमिटी लाई पूर्ण बनाउँदै कमिटीमा छ जना सदस्यहरु थप गरी पार्टी कमिटी लाई पूर्णता दिइएको छ।

-प्रकाश अधिकारी

 

 

 

प्रतिक्रिया दिनुहोस्: