Worldlink Communications

पत्रकार भेट प्रथम महानगर मेयर सम्मेलन पोखरामा सप्पन्न सयुक्त घोषणा पत्र जारी :धनराज आचार्य

साउन १५ पोखरा

समुन्नत महानगर का निम्ति समन्विक विकास र साझेदारी” नाराका साथ महानगर हरु लाई जनउत्तरदायी बनाउनको लागि निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्न नवनिर्वाचित मेयर उपमेयर हरुले यसवर्षदेखि आगामी पाँच वर्षसम्म प्रत्येक वर्ष महानगर सम्मेलन गर्ने प्रस्ताव पोखरा महानगरपालिका का मेयर धनराज आचार्यले गरे अनुसार यही साउन १३ – १४ गते आयोजना  गरिएको कार्यक्रम सकिएको जानकारी दिनको लागि गरिएको पत्रकार भेट लेकसाइड बाराही होटेल मा गरिएको थियो ।

सम्मेलनलाई metro mayor meet-nepal (MMN) भनिएको बताएकाले  देशभरका ६ वटै महानगर का प्रमुख उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत हरु सहभागी हुने बताइए अनुसार सबै को उपस्थिति भएको जानकारी पोखरा का मेयर धनराज आचार्य ले गराउनु भएको थियो ।

दुई दिन चलेको हो महानगरपालिकाको समुन्नत महानगर का निम्ति समन्विक विकास र साझेदारी” कार्यक्रम ले फरक फरक स्थानमा रहेका महानगरपालिका हरुको भौगोलिक अवस्था भौतिक  वस्तुस्थिति विशेषगरी फोहोरमैला व्यवस्थापन सम्बन्धी कार्यक्रम वातावरणीय पर्यावरणीय परिवेश को बारेमा गरिएको छलफल बाट आगामी पाँच वर्षसम्म को लागि सुरुवाति घोषणा पत्र अनुसार निम्नलिखित निणर्य गरि कार्यक्रम सकिएको पत्रकार भेट मा बताउनुभयको थियो

ढिलो गरि गरिएको पत्रकार भेटघाट कार्यक्रममा राजेशमान सिंह प्रमुख वीरगञ्जमा नगरपालिका,चिरिबाबु महर्जन प्रमुख ललितपुरमा नगरपालिका,नागेश कोइराला प्रमुख बिराटनगर महानगरपालिका र धनराज आचार्य पोखरा महानगरपालिका उपस्थित हुनुहुन्थ्यो भने  बालेन्द्र शाह प्रमुख काठमाडौँ महानगरपालिका र रेणु दाहाल प्रमुख भरतपुरमा नगरपालिका हिजो नै  फर्किसक्नु भएको जानकारी दिनुभएको थियो।

-प्रकाश अधिकारी

 

 

प्रतिक्रिया दिनुहोस्: